default_image

2 years ago

December 1, 2021

डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाको गोलमा इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले जित निकालेको छ । युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–० ले पराजित गरेको हो । स्टेडिया एरेची सालेरनोमा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफमा तथा मोराटाले दोस्रो हाफमा गोल गरेका थिए । खेलको २१औं मिनेटमा डिबालाले गोल गर्दै […]

36 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाको गोलमा इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले जित निकालेको छ । युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–० ले पराजित गरेको हो ।

स्टेडिया एरेची सालेरनोमा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफमा तथा मोराटाले दोस्रो हाफमा गोल गरेका थिए । खेलको २१औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेका थिए । २८औं मिनेटमा जर्जियो चिलियनीले गोल गरेपनि भिएआरबाट मन्यता पाएन ।

७०औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्ब पारे । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डिबाला पेनाल्टीमा चुकेपनि युभेन्ट्सले जित निकाल्न सफल भयो ।

जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडर सातौ स्थानमा यथावत रहेको छ । समान २४ अंक रहेपनि फियोरेन्टिना छैटौ स्थानमा रहेको छ । पराजित सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.