4 years ago
December 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रत्यक्ष हेर्न पाइने भएको छ । हरेक हप्ता आउने ला लिगाको खेल हप्ताको ५० रुपैयाँ मात्र शुल्क तिरेर हेर्न सकिने डिशहोम एक्सन स्पोर्ट्सले जनाएको छ ।

ला लिगाको यो होल सिजन यस्तो व्यवस्था उपलब्ध गराइन लागिएको डिस मिडिया नेटवर्क लिमिटेडका विजनेस डेभलपमेन्ट म्यानेजर भुपाल सिंह बस्नेतले जानकारी दिए । यस सुविधा डिसहोम एक्सन स्पोर्टस एचडी २ मा उपलब्ध हुनेछ ।
स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने व्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु यस सिजनको सुरुदेखि नै एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भइरहेको छ ।
त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

ला लिगाको उपाधि दौडमा अहिले रियल म्याड्रिड अगाडि छ । तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले बुधबार राति भएको खेलमा एथलेटिक बिल्बाओलाई १–० गोलले हरायो । जितसँगै रियलले शीर्षस्थानमा सात अंकको अग्रता बनाएको छ ।
लिगमा १५ खेल सकेको रियलको ३६ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ । रियलसँग पराजित बिल्बाओ २० अंक सहित आठौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]