default_image

2 years ago

December 3, 2021

सन चम्कदा टोटेनहमले ब्रेन्टफर्डलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले ब्रेन्टफर्डलाई पराजित गरेको छ । सेर्गी क्यानोसको आत्मघाती गोल र ह्युङ मिन सनको गोलमा टोटेनहमले घरेलु मैदानमा २–० को जित निकालेको हो । टोटेनहम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलमा टोटेनहमको दुवै गोलको सनको भुमका रह्यो । खेलको १२औं मिनेटमा सेर्गी क्यानोसको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता लिन […]

70 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले ब्रेन्टफर्डलाई पराजित गरेको छ । सेर्गी क्यानोसको आत्मघाती गोल र ह्युङ मिन सनको गोलमा टोटेनहमले घरेलु मैदानमा २–० को जित निकालेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलमा टोटेनहमको दुवै गोलको सनको भुमका रह्यो । खेलको १२औं मिनेटमा सेर्गी क्यानोसको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता लिन सफल भएको थियो ।

सनको क्रसलाई जान्सनले भेटेपनि हेडमार्फत क्लियर गर्ने क्रममा क्यानोसलाई लाग्दै गोलमा परिणत हुदा गोलरक्षक अल्भारो फर्नान्डेजले रोक्ने कुनै मौका नै पाएन । ६५औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले सर्जियो रिगुइलोनको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहमले जित निकाल्न सफल भयो ।

यो जितसँगै टोटेनहम १३ खेलबाट २२ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको टोटेनहमलाई शीर्ष चारमा उक्ले अवसर छ । टोटेनहमभन्दा माथि वेस्ट ह्याम र आर्सनल रहेको छ । पराजित ब्रेन्टफर्ड १६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.