default_image

2 years ago

December 7, 2021

च्याम्पियन्स लिग : कुन टोलीलाई के आवश्यक ?

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल मंगलबार सुरु हुँदैछ । हालसम्म ८ समूहबाट नकआउट चरण पुग्ने ११ टोलीको छिनोफानो हुँदा ५ टोलीको भविष्य अन्तिम खेलले निर्धारण गर्नेछ । समूह विजेताका रुपमा ५ टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने बाँकी ६ टोलीले समूह विजेता […]

58 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल मंगलबार सुरु हुँदैछ । हालसम्म ८ समूहबाट नकआउट चरण पुग्ने ११ टोलीको छिनोफानो हुँदा ५ टोलीको भविष्य अन्तिम खेलले निर्धारण गर्नेछ ।

समूह विजेताका रुपमा ५ टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने बाँकी ६ टोलीले समूह विजेता वा उपविजेताको रुपमा अर्को चरण पुग्ने पक्का भएको छ । यस्तै १० टोलीको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । अब अन्तिम १६ को ५ स्थानका लागि ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

नकआउट चरण पुग्ने पक्का भएका टोलीहरु :

समूह विजेताको रुपमा : म्यानचेस्टर सिटी, लिभरपुल. आयाक्स, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड

छनोट पक्का भएका टोली : युभेन्टस, चेल्सी, पेरिस सेन्ट जर्मेन, स्पोर्टिङ लिस्बन, रियल म्याड्रिड, इन्टर मिलान

समूह चरणबाट बाहिरिएका टोली :

बेसीक्टास, आरबी लाइप्जिग, माल्मो, डिनामो किएभ, योङ ब्वाइज, जेनिट सेन्ट पिटर्सबर्ग, क्लब ब्रुगा, बोरुसिया डर्टमुन्ड, शेरिफ टिरास्पोल, शाख्तार डोनेस्क

नकआउट चरणमा पुग्न सक्ने टोलीहरु :

समूह बी : पोर्टो (५ अंक), एटलेटिको म्याड्रिड (४ अंक), एसी मिलान (४ अंक)

समूह बी मा लिभरपुल १५ अंक जोड्दै समूह विजेताको रुपमा अघि बढेको छ । अन्तिम खेलमा पोर्टो र एटलेटिको म्याड्रिड तथा एसी मिलान र लिभरपुल भिड्नेछन् ।

समूह ई : बार्सिलोना (७ अंक), बेन्फिका (५ अंक)

समूह ई मा बायर्नले ५ खेलमा १५ अंक जोड्दै समूह विजेताको स्थान पक्का गरेको छ । अन्तिम खेलमा बेन्फिकाले डिनामो किएभसँग खेल्दा बार्सिलोनाले बायर्न म्युनिखको मैदानमा खेल्दैछ । बेन्फिकाले जित हासिल गरेर बार्सिलोनाले जित हासिल गर्न नसके क्याटलान टोली युरोपा लिगमा पुग्नेछ ।

समूह एफ : भिल्लारियल (७ अंक), एटलान्टा (६ अंक)

म्यानचेस्टर युनाइटेड १० अंक जोड्दै समूह विजेता बन्दा अन्तिम खेलमा भिल्लारियल र एटलान्टा जितसहित अन्तिम १६ मा स्थान पक्का गर्न चाहन्छन् । यी दुईको खेल बराबरीमा सकिए भिल्लारियल अघि बढ्नेछ ।

समूह जी : लिल (८ अंक), रेड बुल साल्जबर्ग (७ अंक), सेभिल्ला (६ अंक), वल्फ्सबर्ग (५ अंक)

सबै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना जीवित रहेको यो अत्यन्त प्रतिस्पर्धात्मक समूहमा अन्तिम खेल निकै रोमान्चक रहनेछ । सेभिल्लाले साल्ज्बर्गको भ्रमण गर्दा वल्फ्सबर्गको मैदानमा लिल कम्तिमा बराबरीको अपेक्षामा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.