default_image

9 years ago

November 21, 2016

सुरुङ्गा गोल्डकपमा रुपन्देहीसँग आर्मीको हार

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देही ११ नेपाल आर्मी क्लबलाई २–१ हराउँदै सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

sg

आइतबार कनकाई माविको खेलमैदानमा भएको खेलमा रुपन्देहीले पहिलो हाफमै अग्रता लिएको थियो भने खेलअवधि भर दबाब बनाइराखेको थियो । रुपन्देहीका लागि दुवै गोल दीपक राईले गरे । ३५ औं मिनेटमा असिमजंग कार्कीको क्रस पासमा गोल गरेका दीपकले ५२ औं मिनेटमा अर्को गोल थपेका थिए ।
शनिबार फ्रेन्ड्स अफ जापानसँगको खेलमा राजधानी राष्ट्रिय टोलीबाट खेलेका नवयुग श्रेष्ठ र भरत खवासर रुपन्देहीविरुद्ध उत्रेका थिए । भरतले खेल सकिन ११ मिनेटअघि गोल फर्काएपछि टोलीको हार टरे । रुपन्देहीका दीपक खेलको म्यान अफ दी म्याच बने । प्रतियोगितामा आज झापा ११ र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.