4 years ago
December 17, 2021
एजेन्सी – युरोकप २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी युइएफए नेसन्स लिगको एकै समूहमा परेको छ ।

युइएफएको मुख्यालय नियोनमा बिहीबार निकालिएको ‘ड्र’ मा इटाली, इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी लिग ‘ए’ को समूह ‘ए थ्री’ मा परेको हो ।
नेसन्स लिगको यो तेस्रो संस्करण हो । पहिलोमा पोर्चुगल तथा दोस्रोमा इटाली च्याम्पियन बनेको थियो ।
यस्तै लिग ‘ए’ को समूह ‘ए वान’ मा फ्रान्स, डेनमार्क, क्रोएसिया र अष्ट्रिया परेका छन् । लिग ए समूह ‘ए टु’ मा स्पेन, पोर्चुगल, स्वीट्जरल्यान्ड र चेक रिपब्लिक परेका छन् । लिग एकै समूह ‘ए फोर’ मा बेल्जियम, नेदरल्यान्ड्स, पोल्यान्ड र वेल्स भिड्नेछन् । नेसन्स लिगमा युरोपका ५५ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । लिग ‘ए’ को १६ टोली बढुवाको आधारमा तय गरिनेछ ।
नेसन्स लिगका समूह चरणका खेलहरु २ जुनदेखि शुरु भएर २७ सेप्टेम्वरसम्म चल्नेछ । त्यसपछि सेमिफाइनल र फाइनलको ड्र निकालिनेछ । सेमिफाइनल सन् २०२३ को १४ र १५ जुनमा तथा फाइनल र तेस्रो स्थान १८ जुन २०२३ मा हुनेछ । चौथो संस्करणको लागि प्ले अफ २०२४ को २१–२३ तथा २४–२६ मार्चमा हुनेछ ।
समूह विभाजन
लिग ‘ए’
समूह ‘ए वान’ – फ्रान्स, डेनमार्क, क्रोएसिया र अष्ट्रिया
समूह ‘ए टु’ – स्पेन, पोर्चुगल, स्वीट्जरल्यान्ड र चेक रिपब्लिक
समूह ‘ए थ्री’ – इटाली, जर्मनी, इंग्लयान्ड र हंगेरी
समूह ‘ए फोर’ – बेल्जियम, नेदरल्यान्ड्स, पोल्यान्ड र वेल्स
लिग ‘बी’
समूह ‘बी वान’ – युक्रेन, स्कटल्यान्ड, आयरल्यान्ड र अर्मेनिया
समूह ‘बी टु’ – आइसल्यान्ड, रसिया, इजरायल र अल्वानिया
समूह ‘बी थ्री’ – बोस्निया एन्ड हर्जगोभिना, फिनल्यान्ड, रोमानिया र मोन्टेनेग्रो
समूह ‘बी फोर’ – स्वीडेन, नर्वे, सर्विया र स्लोभेनिया
लिग ‘सी’
समूह ‘सी वान’ – टर्की, लक्जेमवर्ग, लिथुआनिया र फारोइ आइल्यान्ड
समूह ‘सी टु’ – नर्दन आयरल्यान्ड, ग्रीस, कोसोभो र साइप्रस÷इस्टोनिया
समूह ‘सी थ्री’ – स्लोभाकिया, बेलारुस, अजरवैजान र काजकस्तान÷मोल्दोभा
समूह ‘सी फोर’ – बुल्गेरिया, नर्थ म्यासेडोनिया, जर्जिया र जिब्राल्टार
लिग ‘डी’
समूह ‘डी वान’ – लिचेस्टाइन, काजकस्तान÷मोल्दोभा, एन्डोरा र लात्भिया
समूह ‘डी टु’ – माल्टा, साइप्रस÷इस्टोनिया र सान मारिनो
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]