4 years ago
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ ।

पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा रंगशालामा टोलीले सातौं र आठौं चरणका खेल पनि खेल्नेछ । यसअघि पोखरामा २०६८ मा राष्ट्रिय लिग भएको थियो ।
शुक्रबार शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लब र तेस्रो स्थानको आर्मी फुटबल क्लब अलग अलग खेलमा बराबरीमा रोकिएपछि मनाङले त्यसको फाइदा उठाउन मौका पाएको छ । पुलिसलाई हराउन सके मनाङ अंकतालिकाको शीर्षस्थानमा उक्लनेछ । जसले टोलीको एएफसी कप छनोटको सम्भावना बढाउनेछ । सातौं चरणमा मच्छिन्द्रसँगको खेल अघि शीर्षस्थानमा पुग्नका लागि मनाङले हरसम्भव पक्कै प्रयास गर्नेछ ।
मच्छिन्द्र, मनाङ, आर्मी र एपिएफ फुटबल क्लबले मात्र एएफसी लाइसेन्स प्राप्त गरेकाले यसपटकको एएफसी कप छनोट खेल्न यी चार टोलीले मात्र पाउनेछन् । सातौं चरणको समाप्तीमा यी चार टोलीमध्ये अंक तालिकाको शीर्षस्थानमा रहने टोली एएफसी कपका लागि छनोट हुनेछ । एपिएफको सम्भावना कम छ भने बाँकी ३ टोली प्रतिस्पर्धामा छन् । मच्छिन्द्रको ११ अंक, एक खेल कम खेलेको मनाङको १० अंक र आर्मीको ९ अंक छ । मछिन्द्रसँग शुक्रबार गोलरहित बराबरी खेलेको संकटाको पनि ९ अंक छ । अघिल्लो खेलमा संकटासँग पराजित भएको पुलिसलाई मनाङलाई हराएर अंकतालिकामा सुधार गर्ने अवसर हुनेछ ।
यता दशरथ रंगशालामा हुने दिउँसो १ः०० बजे सुरु हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो चरणमा पहिलो अंक जोडेको जावलाखेल रेलिगेसन खतरा टार्नका लागि हर सम्भव प्रयासमा जुट्नेछ । च्यासलले पनि पछिल्ला खेलहरुमा सन्तोषजनक प्रदर्शन गर्न नसकेकोले जावलाखेलसँगको खेलसँग जितका लागि प्रयास गर्नेछ । दोस्रो खेल थ्री स्टार क्लब र एनआरटी क्लबबीच ४ः४५ बजे सुरु हुनेछ । समान ५ अंकका थ्री स्टार र एनआरटीले अंक तालिकामा सुधारका लागि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]