4 years ago
December 18, 2021
पोखरा (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफको समाप्तीमा १–१ को बराबरी खेलेका छन् ।

लिगको पाँचौं चरणअन्तर्गतको पोखरा रंगशालामा भइरहेको खेलमा मनाङका लागि कप्तान अञ्जन विष्ट र पुलिसका लागि सुमन लामाले गोल गरेका थिए । खेलको १० औं मिनेटमा लिएको अग्रतालाई मनाङले जोगाउन सकेन । १० औं मिनेटमा रक्षक दिनेश राजवंशीको लामो पासमा अञ्जनले गोल गरेका थिए ।
पुलिसका गोलकिपर रोशन खड्का पेनाल्टी बक्स बाहिर निस्किएको मौकाको फाइदा उठाउँदै अन्जनले टोलीका गोल गरेका थिए । मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा पुलिसका लागि सुमनले पेनाल्टी गोलमार्फत बराबरी खेल फर्काएका थिए । मनाङका रक्षक सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन गोल फर्काएका हुन् ।
दशरथ रंगशालामा शुक्रबार साविक विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब अलग अलग खेलमा गोलरहित बराबरी खेलेपछि मनाङलाई शीर्षस्थानमा उक्लने मौका मिलेको छ । पुलिसलाई हराउन सकेको खण्डमा मनाङ शीर्षस्थानमा उक्लनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]