4 years ago
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र एनआरटीको खेल गोलरहित बराबरीमा सकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोला अवसर सिजर्ना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो ।
खेलको २१औं मिनेटमा विजय भुजेलको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २९औं मिनेटमा सन्जोक राईको पासमा अशोक खवासले गरेको क्रसलाई गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बाहिर पठाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । सोही मुभको कर्नरमा अनन्त तामाङको हेडरमा गोलरक्षक अजित नै बाधक बन्दा डिफेन्डरले क्लियर गरिदिए ।

६५औं मिनेटमा शिव गुरुङको फ्रिकिकलाई आन्द्र थिएरी वियक वियकले भेट्न सकेन । लगत्तै ६६औं मिनेटमा अशोक खवासको क्रसमा विजय भुजेलको हेडर पोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
७५औं मिनेटमा मेसुके ओलुमोउको क्लोज रेन्जको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा एनआरटीले अग्रता लिन सकेन । ८८औं मिनेटमा झन्डै २२ यर्ड टाढाको राफयल भिडाल रिमगागोको फ्रिकिकलाई गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेसुके ओलुमोउको शक्तिशाली प्रहारलाई गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाए ।
जारी लिगमा थ्री स्टारको यो तेस्रो बराबरी हो । यसअघि थ्री स्टारले फ्रेन्ड्स र एपिएफसँग बराबरी खेलेको थियो । च्यासललाई हराएको थ्री स्टारले सातदोबाटोसँग हार बेहोेरेको थियो । एनआरटीको पनि यो तेस्रो बराबरी हो । एनआरटीले यसअघि बिबिसी र च्यासलसँग बराबरी खेलेको थियो । मछिन्द्रसँग हार बेहोरेको एनआरटीले सातदोबाटोलाई हराएको थियो ।
बराबरीपछि थ्री स्टारको ५ खेलबाट ६ अंक पुगेको छ । थ्री स्टार ६ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । एनआरटीको पनि समान ६ अंक नै रहेपनि गोल अन्तरमा सातौ स्थानमा रहेको छ । एनआरटीले विविस िर पुलिसलाई पछि पारेको हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]