default_image

9 years ago

November 22, 2016

अस्ट्रेलियामा दी राइजिङ गोर्खाजलाई जी फाइभ माछापुच्छ्रे कप

165 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियामा दी राइजिङ गोर्खाज क्लब सिड्नीले जी फाइभ माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार डार्बिन हर्टसलाई ४–० ले हराउँदै दी राइजिङले उपाधि जितेको हो ।

4

झन्डै पाँच घन्टाको हवाई यात्रा गर्दै डार्बिन फाइनल खेल्न पुगेको थियो । राष्ट्रिय टोलीका पूर्व दुई स्टार अनिल ओझा र जगजित श्रेष्ठ समेत रहेको मेलबर्न यति फुटबल क्लबलाई हराउँदै डार्बिन फाइनल पुगेको थियो । तर, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका पूर्व खेलाडी सुलभ मास्केले प्रतिबन्धमा रहनेका कारण डार्बिनले फाइनलमा अपेक्षित प्रदर्शन गर्न सकेन । सेमिफाइनलमा एक्लै तीन गोल गरेका सुलभले खेलको अन्त्यतिर रातो कार्डको सामना गर्नुपरेको थियो, जसका कारण उनले फाइनल गुमाएका थिए ।
दी राइजिङका लागि युवा फरवार्ड पारस थापा २ तथा प्रबल रन्जितकार, आभाष थापा समान १ गोल गरे । यति फुटबल क्लबले ग्रानभिललाई हराउदै प्रतियोगितामा तेस्रो स्थान हात पारेको थियो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी डार्बिन सुलभ मास्के घोषित भए । डार्बिनका सुरज फाइनलको म्यान अफ दी बने । टिआरजीका सुमिप श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । प्रतियोगिताको विजेताले दुइ हजार अस्ट्रेलियन डलरसहित ट्रफी र पदक प्राप्त गरे । डार्बिनले आठ सय डलर प्राप्त गर्यो । ग्यालेक्सी एजुकेशन,बिज एजुकेशन,नेपकम, सीडनी एक्सप्रेस, ग्लोब्यान्सी एजुकेशन मिलेर बनेको समुह जी फाइभले प्रतियोगिताको मुख्य प्रायोजन गरेको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई लेबरकी सांसद जुलाइ फीन र अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष मन केसी, नेप्लीज अस्ट्रेलियन फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा भेट्रानतर्फ उपाधि भने माछापुच्छ्रेले जित्यो । माछापुच्छ्रेले फाइनलमा यति फुटबल क्लबलाई हराएको थियो । ३५ बर्षमाथिको उक्त प्रतियोगितामा यति मेलवर्नका हरी गुरुङ उच्च गोलकर्ता, माछापुच्छ्रेका निरज श्रेष्ठ उत्कृष्ट गोलकिपर र सोही क्लबका प्रविन जोशी उत्कृष्ट खेलाडी घोषित भए ।

6

5

3

2

19

7

8

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.