4 years ago
December 22, 2021
एजेन्सी – लिग वान क्लब सन्डरल्यान्डमाथि सानदार जित निकाल्दै प्रिमियर लिग क्लब आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्सनलले घरेलु मैदानमा सन्डरल्यान्डलाई ५–१ को भारी अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा एडवर्ड एनकेटियाले ह्याट्रिक पुरा गर्दा निकोलस पेपे र चार्ली पाटिमोले समान एक गोल थपे । सन्डरल्यान्डका नाथन ब्रोडहेडले एक गोल गरे ।
इमिरेट्स स्टेडियममा मंगलबार राति गोलको वर्षा भएको खेलमा घरेलु टोलीले खेलको १७औं मिनेटमा एडवर्डको गोलबाट अग्रता लिएको थियो । सेडरिक सोराएसको प्रहारलाई सन्डरल्यान्डका गोलरक्षक लि वर्गले बचाउँदा रिवाउन्डमा एडवर्डले गोल गर्न सफल भएका थिए ।
२७औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनले सेडरिककै पासमा गोल गरेका थिए । ३१औं मिनेटमा नाथनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले इलिओट इम्वलटनको पासमा गोल गरे ।

४९औं मिनेटमा एडवर्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलाई ३–१ ले अघि बढाए । उनले नुनो टाभारेसको पासमा गोल गरे । ५८औं मिनेटमा निकोलस पेपेको पासमा पासमा एडवर्डले ह्याट्रिक पुरा गरेपछि आर्सनल फराकिलो जिततर्फ अग्रसर बन्यो ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट चार्ली पाटिमोले गोल गर्दै गोल गर्दै आर्सनलको जित पक्का गरे । ८०औं मिनेटमा इमिल स्मिथ रोवीको स्थानमा मैदान छिरेका चार्लीले पेपेकै पासमा गोल गर्न सफल भएका थिए ।
अब आज (बुधबार) राति क्वाटरफाइनलका तीन खेलमा प्रतिस्पर्धा हुनेछ । ब्रेन्टफर्ड र चेल्सी, लिभरपुल र लेस्टर सिटी तथा टोटेनहम र वेस्टह्यामबीच राति १ः३० बजे प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]