4 years ago
December 24, 2021
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड फेरान टोरेस क्याटलान क्लब बार्सिलोना जाने सम्भावना देखिएको छ । बार्सिलोनाले टोेरेसलाई ५५ मिलियन पाउन्डमा जनवरी ट्रान्सफरमा अनुबन्ध गर्ने योजना बुनिरहेको छ ।

बार्सिलोनाले ऋणका बावजुत पनि दुई क्लबबीच आपसी समझदारी मिलेको अवस्थामा टोरेस पनि बार्सिलोना जान तयार भएका हुन् । २१ वर्षीय स्पेनिस फरवार्ड टोरेस ५५ मिलियनमा बार्सिलोना पुगे उनी सिटीले बेचेको सबैभन्दा महँगा खेलाडी बन्नेछन् । यसअघि सिटीले लिरोए सानेलाई महँगो मुल्यमा बेचेको थियो ।
टोरेसको विषयमा बार्सिलोनाका प्रमुख कार्यकारी फेरान रेभर्टर र फुटबल निर्देशक माटेउ अलेमानीले गत नोभेम्वरमै सिटीको प्रशिक्षण केन्द्रको भ्रमण गरेका थिए । दुई क्लबबीचको सम्झौता अनुसार टोरेसको मुल्य ४६.७ मिलियन र बाँकी ८ मिलियन अतिरिक्त शुल्क रहेको छ । टोरेसलाई बार्सिलोनाले बेचेको अवस्थामा सिटीले ८.५ मिलियन पाउन्ड प्राप्त गर्नेछ ।
बार्सिलोनासँग ८४९ मिलियन पाउन्डको ऋणको भारी छ । यो शुल्क ३५ वर्षमा भुक्तानी गरिसक्नु पर्छ । फेरानलाई सम्झौता गर्न बार्सिलोनाँग केही नगद बाँकी छ । तर, ऋणविना यो सम्भव छैन । ला लिगाको वित्तिय नियमको कारण टोरेस अनुबन्ध भएको अवस्थामा पनि उनले सिधै खेल्न पाउने छैन ।
बार्सिलोना अझैपनि लिगको खर्चभन्दा बाहिर छ । बार्सिलोनालाई १.४ को खर्चको अनुपात छ । उनीहरुले ४ मिलियन पाउन्डमा खेलाडी ल्याउने र १३ मिलियन पाउन्डसम्म खेलाडी बेच्नुपर्ने प्रावधान छ । सन्न्यास लिइसकेका सर्जियो अगुएरोलाई बार्सिलोनाले टोलीमा राख्नेछैनन् । जोर्डी अल्वा र सर्जियो बुस्क्वेट्सले पनि तलव कटौती गर्न राजी भइसकेको छ ।
बार्सिलोना बोर्डले २०२२ मा टोरेसलाई मैदानमा खेलाउनको लागि अन्य खेलाडीको थप तलव कटौती गर्नुपर्ने हुन्छ । यसका लागि बोर्डले खेलाडीसँग वार्ता प्रक्रिया अघि बढाइसकेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]