default_image

4 years ago

December 24, 2021

एपिएफ र एनआरटीबीचको पहिलो हाफ बराबरी

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीले पहिलो हाफमा बराबरी खेलेका छन्।


कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरणको पहिलो खेलमा एनआरटी एपीएफले १-१ गोलको बराबरी गरेका छन्।
३२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दे एनआरटीलाई अग्रता दिलाए। मेसुके ओलुमोउको क्रसमा अनमार्क रहेका उनले फ्रि हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
त्यसको ५ मिनेटपछि नै आशिष लामाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याएका थिए। उनले ३७ औँ मिनेटमा प्रदिप लामाको पासका गोल गरेका थिए।
त्यसअघि खेलको नवौ मिनेटमा दर्शन गुरुङको प्रहार एपिएफका गोलरक्षक युया कुरियामाले पञ्च गर्दै बचाए । १६ मिनेटमा आशिष लामाको पासमा प्रदीप लामाको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो।
एपीएफ ५ अंकमा अंक तालिकाको ११ औँ स्थानमा छ। ६ अंक भएको एनआरटी भने सातौँ स्थानमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.