3 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पछिल्ला ३ खेल लगातार गुमाएपछि च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले स्वभाविक रुपमा प्रशिक्षण टोलीमाथि प्रश्न खडा भएको बताएका छन् ।
छैटौं चरणको खेलमा शनिबार हिमालयन शेर्पा क्लबलाई ३–१ को नतिजा सुम्पेपछि साहुखलले भने, ‘ हामीले अपेक्षा पूरा गर्न सकेका छैनौं । त्यसलैले कोचिङ स्टाफमाथि प्रश्न उठ्नु स्वभाविक हो ।’
दर्शकदिर्घाबाट नै खेल दौरान प्रश्न उठ्न थालेपछि साहुखलले प्रशिक्षक पदबाट अलग हुन सक्ने संकेत पनि गरेका छन् । ‘मैले पनि सोच्ने बेला भएको छ । टिमबाट म निस्केर राम्रो हुन्छ भने सोच्नुपर्छ’, उनले भने,‘ अब त्यसका लागि बोर्डको भनाई के छ त्यसमा भरपर्छ । हामी संघर्ष गरिरहेका छौं राम्रो प्रदर्शनका लागि । मेरो र टोली दुवैका लागि जटिल अवस्था छ ।’
च्यासलले ६ खेलमा १ जित र १ मा बराबरी खेलेको छ भने बाँकी खेल गुमाएको छ । अघिल्लो खेलको तुलनामा प्रदर्शनका सुधार आएपछि रक्षापक्तिकै कमजोरीका कारण फेरि पनि गोल खानु परेको साहुखलले बताए ।
शेर्पाका प्रशिक्षक युगलकिशोर राईले पनि च्यासलको प्रदर्शनको प्रशंसा गरे । ‘च्यासलले हामी भन्दा राम्रो खेलेको हो । ६०÷४० को खेल थियो, उनले भने, यो लेभलमा रिजल्ट महत्वपूर्ण हुन्छ । हामी रिजल्ट लिन सफल भएका छौं ।’
राईले टोलीमा अझै सुधारको आवश्यकता रहेको दोहोराए । मैले सधै भन्ने गरेको छु । हाम्रो टोलीमा अहिले पनि एडप्टेसनको समस्या छ । नयाँ केहि सिकाउँदा त्यसअघि सिकाएको बिर्से जस्तो भएको छ, उनले थपे,‘ परिपक्कवता आउँन बाँकी छ ।’ लगातार दोस्रो जितसँगै शेर्पा ८ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । च्यासल १३ औं स्थानमा छ ।
February 15, 2025
पोखरा(हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज पोखरा रंगशालामा ६ पटकको च्याम्पियन नेपाल पुलिस फुटबल क्लबको सामना उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले गर्देछ। पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ। बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले […]
February 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिगको फ्रेन्चाइज फुटबल क्लब चितवनको मार्की खेलाडीमा सार्वजनिक भएका छन् । गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो । अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त […]
February 14, 2025
पोखरा (हाम्रो खेलकुद) – २४औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि भोलि ६ पटकको विजेता नेपाल पुलिस फुटबल क्लबले पहिले पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको साममा गर्दैछ । पुलिस सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने दाउमा रहेको छ। आहा! रारा गोल्डकपमा अहिलेसम्म पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका […]