2 years ago
April 29, 2024
हिमाल खरेल,बिर्तामेड
कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।
वैशाख १९ गते मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ ।
वाग्लेका अनुसार पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइनेछ । विदेशी ओलम्पियन पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।
बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकै ठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याउन लागेको हो । उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुने वाग्लेको भनाइ छ ।
चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ तथा खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने सदस्यसचिव वाग्लेले बताए ।

‘यसपटक बोर्डले एकैपटक ओलम्पियन , प्रदेशका खेलाडी र विभिन्न राष्ट्रका ओलम्पियनलाई भित्र्याउने जमर्को गरेको हो’, वाग्लेले भने, ‘हाम्रा खेलाडीसँगै यहाँको पर्यटन र खेललाई प्रवर्धन गर्नका लागि अन्य राष्ट्रका ओलम्पियनको समेत सहभागिता रहनेछ । खेल पर्यटनबाट प्रदेशलाई समेत विश्वस्तरमा विस्तार गर्न मद्दत गर्ने बुझाइ बोर्डको रहेको छ ।’
कार्यक्रमबारे नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष दिपक विष्टले राष्ट्रिय गहनालाई बोर्डले पुनर्मिलन गराउन लागेकोमा हर्षित भएको बताए । विष्टले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको उल्लेख गरे ।
नेपालले सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पिन पुर्नमिलनमा सहभागी हुनेछन्।
पुनर्मिलन कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ।
ओलम्पियन्स पुर्नमिलनको पहिलो संस्करण दुई वर्षअघि काठमाडौं र दोस्रो संस्करण गत वर्ष पोखरामा आयोजना भएको थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]