default_image

2 years ago

December 30, 2021

राष्ट्रिय महिला लिग माघ १५ बाट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल (एन्फा) को महिला कमिटीले अर्को महिना राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । ८ टोलीको सहभागितामा माघ १५ गते देखि महिला लिग सुरु हुने महिला कमिटीले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, […]

254 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल (एन्फा) को महिला कमिटीले अर्को महिना राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । ८ टोलीको सहभागितामा माघ १५ गते देखि महिला लिग सुरु हुने महिला कमिटीले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ ।

राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । धनगढी विजेता र ललिपतुर उपविजेताका रुपमा यो वर्षका लागि राष्ट्रिय महिला लिगमा छनोट भएका थिए ।

गत वर्ष अपराजित रहँदै नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिग जितेको थियो । आर्मी दास्रो भएको थियो । गत वर्ष ७ टोलीले लिगमा प्रतिस्पर्धा गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.