default_image

4 years ago

December 31, 2021

सन् २०२१ मा मेस्सी र रोनाल्डोको प्रदर्शन यस्तो

270 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा पछिल्लो डेढ दशकयता वर्चस्व जमाउँदै आएका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैका लागि सन् २०२१ मिश्रित रहयो ।

मेस्सी र रोनाल्डो दुवैले यस वर्ष क्लब परिवर्तन पनि गरे । मेस्सीले बार्सिलोनासँग लामो सम्बन्धमा पूर्णविराम लगाउँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भए । यता रोनाल्डो पनि इटालीमा तीन वर्षको बसाइँपछि युभेन्ट्स छाडेर पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किए ।

मेस्सीले क्लब फुटबलमा यस वर्ष बार्सिलोनाबाट कोपा डेल रे उपाधि जिते । तर अर्जेन्टिनाबाट भने उनले ऐतिहासिक सफलता हासिल गरे । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने क्रममा उनले टोलीलाई कोपा अमेरिका जित्दा कप्तानी प्रदर्शन गरे । उनले पिएसजी पुगेपछि १६ खेलमा ६ गोल गरेका छन् ।

यता रोनाल्डोका लागि पनि मिश्रित नतिजा रहयो । युभेन्टसले लगातार ९ वर्ष लिग जितेको सिलसिला रोकिएपनि दुई कप भने जित्यो । युरोमा रोनाल्डोको पोर्चुगल राउन्ड अफ १६ मा बेल्जियमसँग रोकियो । तर रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान भने तोडे ।

तथ्यांकमा रोनाल्डो र मेस्सीको प्रदर्शन :

राष्ट्रिय टोलीमा :

मेस्सी – १६ खेल, ९ गोल, ५ असिस्ट (कोपा अमेरिका उपाधि)

रोनाल्डो – १४ खेल, १३ गोल, १ असिस्ट

क्लब फुटबल :

मेस्सी – ४५ खेल, ३४ गोल, १३ असिस्ट (कोपा डेल रे उपाधि)

रोनाल्डो – ५१ खेल, ३४ गोल, ६ असिस्ट (कोपा इटालिया र इटालियन सुपर कप)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.