default_image

4 years ago

December 31, 2021

च्यासलबाट खेल्न सन्तोष नेपाल आइपुगे

345 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सन्तोष साहुखल च्यासल युवा क्लबबाट ए डिभिजन लिग खेल्न जापानबाट नेपाल आइपुगेका छन् ।

विहीबार नेपाल आइपुगेका उनी शनिबारको खेलका लागि उपलब्ध रहेको टोलीका व्यवस्थापक शंकर व्यनजनकारले जानकारी दिए । ‘सन्तोष हिजो आइपुगेका हुन् । आज टोलीसँग प्रशिक्षण पनि गरे । उनको आगमनले टोलीको मनोबल बढेको छ । शनिबारको लागि उपलब्ध हुन्छन्,’ ब्यन्जनकारले हाम्रो खेलकुदसँग भने ।

गत सिजन च्यासलबाट नै खेलेका सन्तोषले ए डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका थिए । च्यासलले यस सिजन उनी टोलीमा रहने अपेक्षा सहित नै लिगको तयारी गरेको थियो । तर कोरोना संक्रमण र विविध मापदण्डका कारण उनी समयमा आउन सकेका थिएनन् । उनले शनिबार संकटाविरुद्ध खेलमा खेल्ने बलियो सम्भावना रहेको छ ।

लिगको सुरुवातमा नै च्यासलका प्रशिक्षक तथा सन्तोषका दाजु बालगोपाल साहुखलले टोलीको आक्रमण उनले नै सम्हाल्ने बताएका थिए । सन्तोषको आगमनले टोलीको आक्रमण बलियो हुने पक्का छ । हाल टोलीमा सुसन लामा, राजीव लोप्चन र इटालियन विकास मेराग्लियाले आक्रमण सम्हाल्दै आएका थिए । कर्ण लिम्बु पनि पछिल्लो दुई खेलदेखि पहिलो रोजाइमा रहेका छन् ।

च्यासल लिगमा सर्वाधिक कम गोल गर्ने टोलीमा पर्दछ । टोलीका लागि सबै गोल मिडफिल्डर रुमेश बर्तौलाले नै गरेका छन् । उनले लिगको ३ खेलमा सुरुवात तथा २ खेलमा वैकल्पिक खेलाडीका रुपमा खेल्दै कुल २ सय ६८ मिनेट खेलेका छन् । आर्मीविरुद्ध चौथो खेलमा चोट बोकेपछि उनले जावलाखेलविरुद्ध खेल गुमाएका थिए । शेर्पाविरुद्ध पहिलो हाफमा नै मैदान प्रवेश गर्दै उनले पुनरागमन गरेका थिए । उक्त खेलमा ३-१ को हार बेहोरेपनि उनले एकमात्र गोल गरेका थिए ।

च्यासलले लिगको ६ खेलमा १ जित र १ बराबरीको नतिजा निकाल्दा ३ खेलमा हार बेहोरेको छ । दोस्रो खेलमा एपिएफलाई १-० ले हराएको च्यासलले तेस्रो खेलमा एनआरटीसँग १-१ को बराबरी खेल्दै अंक खोसेको थियो । त्यसयता टोलीले लगातार तीन खेलमा हार बेहोरेको छ ।

यो पनि : दुर्लभ इतिहास अनि सरल सन्तोष

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.