4 years ago
January 1, 2022
विजय नेपाली, पोखरा
मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण अन्तर्गत आज (शनिबार) पोखरामा खेल्दैछ । घरेलु टोली मनाङले पोखरामा बिग्रेड ब्वाइज क्लब (बिबिसी) लाई स्वागत गर्दैछ ।

एएफसी कप छनोटको सम्भावना जीवित राख्नका लागि मनाङलाई खेल जित्नै पर्ने अवस्थामा छ । छैटौं चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग १–० ले पराजित भएपछि मनाङका लागि एएफसी कप छनोटको यात्रा कठिन बनेको थियो ।
मनाङ १३ अंकसहित दोस्रो स्थानमा छ । मछिन्द्रले आइतबार दशरथ रंगशालामा नेपाल पुलिस क्लबको सामना गर्दैछ । मनाङले शनिबारको खेल जितेको खण्डमा आइतबार मात्र एएफसी कप छनोट खेल्ने टोलीको टुंगो लाग्नेछ । मनाङ र मछिन्द्र मात्र छनोटको दौडमा छन् । एएफसी क्लब लाइसेन्स प्राप्त ४ क्लब प्राप्त क्लबले मात्र खेल्न पाउने एएफसी कपको छनोटबाट त्रिभुवन आर्मी क्लब र एपिएफ फुटबल क्लब यसअघि नै बाहिरिसकेका छन् ।
मनाङलाई जस्तै बिबिसीलाई पनि शनिबारको खेल महत्वपूर्ण छ । टोली ५ अंकका साथ १२ औं स्थानमा छ । रेलिगेसन दबाब कम गराउनका लागि पनि बिबिसीका लागि मनाङविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ । केहि प्रतियोगिता बिर्सनलायक रहेपनि मनाङका लागि पोखरा भाग्यमानी रहँदै आएको छ । पाँचौं चरणमा पुलिसविरुद्धको खेल पनि मनाङले पोखरामा ३–१ ले जित हासिल गरेको थियो ।

मनाङका मुख्य प्रशिक्षक फुजा तोपेले घरेलु मैदानको फाइदा लिने बताए । उनले शुक्रबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको प्रि म्याच कन्फिरेन्समा बोल्दै घरको फाइदा भरपुर लिने बताए । ‘यो हाम्रो घर हो । लिगको इतिहासमा पहिलो पटक पोखरामा भएको लिगको खेलमा पनि हामीले जित्यौँ । अब पनि जित्ने छौं’ उनले भने,‘ खेल हेरेर हामीले रणनीति बनाउने छौं ।’
बिबिसीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पोखरामा खेल जितका लागि खेल्ने बताए । उनले आफूहरु पनि रेलिगेनसबाट जोगिन चाहेकाले अबका खेलमा सोहि अनुसारको रणनीति बनाएर खेल्ने बताए । ‘हामी जितका लागि खेल्नेछौ । मनाङसंग खेल्दा पक्कैपनि गाह्रो हुनेनै छ । तरपनि हामी खेल्ने छौं । जित हातपारेनौं भनेपनि बराबरी खेल्ने छौं ।’
पोखराको मैदान सोचेजस्तो राम्रो छैन- मनाङका कप्तान अञ्जन विष्ट
मनाङका कप्तान अञ्जन विष्टले पोखराको मैदान सोचेजस्तो नभएको बताए । उनले प्रतियोगिता खेल्दा निकै कठिन भएको बताए । ‘पोखराको मैदान सोचेजस्तो छैन । मलाई मात्र होइन सबै खेलाडीलाई यहि अनुभव भएको ठान्छु’ उनले भने,‘ अब मैदानमा काम हुँदै रहेछ आशा छ भोलिको खेलमा केहि सहज हुनेछ ।’
अन्जनले पोखरामा जितका लागि टिम तयारी अवस्थामा रहेको समेत बताए । उनले पोखरामा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लदै एएफसी कप छनोट खेल्ने योजना रहेको सुनाए, ‘मछिन्द्रसंग हार व्यहोरेको भन्दैमा निराशा भएका छैनौँ । हाम्रो एएफसीको सम्भावना अझैं पनि छ । अबका खेलमा नतिजा निकालेर अघि बढ्नेछौँ ।’

पोखरा रंगशालामा निमार्णाधीन अवस्थाकै फुटबल एरिनामा ए डिभिजन लिगका खेल हुँदैछ । पोखरामा लिगका ३ खेल हुने भएको हो । मनाङले पोखरामा ३ मध्ये १ खेल खेलिसकेको छ । पहिलो खेलमा पुलिसलाई ३-१ ले हराएको मनाङले बिबिसी सहित अर्को साता च्यासल युथ क्लबसंग खेल्दैछ । मनाङले लिगको आठौं चरणको खेलमा च्यासलसँग पोखरामै खेल्नेछ । लिगका खेल हुने भनिएपछि बाहिरी सजावटका काम गरिएको थियो । तरपनि खेलाडी तथा रेफ्रीका लागि चेन्जिङ रुम, शौचालय केहि पनि छैन । निमार्णाधीन अवस्थाकै मैदानमा लिग चलिरहेको छ ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा समेत महिला फुटबल खेलाउँदा वरीपरी बारेर खेलाइएको थियो । उक्त समय तिव्र गतिमा काम भएपनि अहिले भने काम कछुवा गतिमा अघि बढेको छ । जसका कारण कास्की जिल्ला फुटबल संघलाई निकै सकस परिरहेको छ । पोखरामा ठूला खेलको आयोजना हुने समय हुँदा समेत पूर्णरुपमा काम नसकिदाँ पोखराले अवसरहरु गुमाइराखेको छ । पोखरामा १७ हजार ५ सय दर्शक क्षमताको प्यारापिट सहितको मैदान निमार्ण हुँदै छ ।
दशरथ रंगशालामा २ खेल
सातौं चरणकै दुई खेल दशरथ रंगशलामा हुँदैछन् । दिउँसो १ बजे सुरु हुने खेलमा दुई ललितपुरका टोली जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४:४५ बजे सुरु हुने खेलमा अपराजित संकटा क्लबले रेलिगेसन क्षेत्रमा रहेको च्यासल युथ क्लबको सामना गर्नेछ ।
जावलाखेल पछिल्लो ३ खेलमा अपराजित रहेको छ । टोलीले ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक जोडेको छ । यद्दपी टोलीको सुरुवात भने कमजोर रहेको थियो । जावलाखेले सुरुका ३ खेल लगातार गुमाएको थियो । थ्री स्टार पछि पछिल्लो ४ खेलमा अपराजित रहेको छ । तर टोलीले लिगका ६ खेलमा १ खेलमा मात्र जित, १ हार र ४ खेलमा बराबरीमा चित्त बुझाउनुपरेको छ । थ्री स्टार ७ अंकसहित आठौं र समान अंकका साथ जावलाखेल नवौं स्थानमा छ ।
संकटाले १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । अघिल्ला ६ मध्ये ३ खेलमा जित निकालेको संकटाले त्यति नै खेलमा बराबरी गरेको छ । शीर्षस्थानको मछिन्द्र, संकटा र त्रिभुवन आर्मी फुटबल क्लब मात्र जारी लिगमा अपराजित टोली हुन् । च्यासलले भने पछिल्ला ४ खेलमा जित निकाल्न सकेको छैन । ४ अंकसहित १३ औं स्थानमा रहेको च्यासलले पछिल्ला ४ खेलमा १ बराबरी र लगातार ३ खेलमा हार बेहोरकेो छ । रेलिगेसन क्षेत्रबाट माथि उक्लनका लागि पनि च्यासलका लागि संकटासँगको खेल महत्त्वपूर्ण रहनेछ ।
यो पनि : च्यासलबाट खेल्न सन्तोष नेपाल आइपुगे
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]