default_image

4 years ago

January 2, 2022

उच्च लयमा गोलरक्षक विशाल

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबले आइतबार एएफसी कप छनोटका लागि स्थान पक्का गर्दा टोलीका गोलरक्षक विशाल श्रेष्ठले लगातार छैटौं खेलमा क्लिन सिट (गोल नखाएको खेल) राखेका छन् ।

टोलीका सबै ७ खेलमा पहिलो रोजाईमा मछिन्द्रको पोष्ट सम्हालेका विशालले न्यूरोड टिम (एनआरटी) विरुद्ध २–१ को जितमा एकमात्र गोल खाएका थिए । त्यसअर्थ उनले लिगको पछिल्लो ५ सय ७६ मिनेट गोल खाएका छैनन् । पहिलो खेलमा एनआरटीका एरिक विष्टले ५४ औं मिनेटमा मछिन्द्रविरुद्ध गोल गरेका थिए । उनले झन्डै २५ यार्ड टाढाबाट दर्शनीय फ्रिकिक गोल गरेयता कुनै पनि खेलाडीले विशाललाई गोल गर्न सकेका छैनन् ।

विशालले भने क्लिन सिटको श्रेय सम्पूर्ण टोलीको रहेको बताउँछन् । ‘यो भनेको टिम वर्क हो । डिफेन्स मात्र होइन, स्ट्राइकरले पनि प्रशिक्षकले भने जस्तै खेलेर यो सम्भव भएको हो’, पुलिसविरुद्धसँगको जितपछि विशालले भने, ‘गोल हान्ने मात्र होइन कि जित्नका लागि पहिलो रोक्नु पनि पर्छ भन्ने प्रशिक्षकको योजनालाई हामी सबैले मिलेर व्यवहारमा उतार्ने प्रयास गरेका हौं । समग्र टोलीको मेहनतले यो सम्भव भएको छ ।’

भारतविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका विशालले डेब्युको अवसरले आफ्नो खेलमा सकारात्मक प्रभाव परेको बताए । ‘राष्ट्रिय टोलीबाट खेल्ने सपना थियो । त्यो सपना पूरा भयो’, उनले भने, ‘त्यो मौकाले मलाई सकारात्मक उर्जा थपेको छ । उत्साह बढाएको छ ।’

झण्डै १० वर्ष राष्ट्रिय टोलीमा रहेका विशालले साफ च्याम्पियनसिप अघि भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यूको मौका पाएका थिए । मनाङ मर्स्याङ्दी क्लबबाट लामो समय खेलेका विशाल टोलीका अन्य सिनियर खेलाडीसँगै २०७६ मा मछिन्द्रमा आबद्ध भएका थिए । सोही वर्ष मछिन्द्रले पहिलो पटक लिग उपाधि जितेको थियो । विशालले सन् २०७० यता लगातार तीन लिग उपाधि जितिसकेका छन् ।

विशालले राष्ट्रिय टोलीबाट डेब्यु गरेपछिको सामग्री पढ्नुहोस : डेब्युको ‘विशाल’ प्रतिक्षा

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.