4 years ago
September 6, 2021
सुबास हुमागाईं, काठमाडौं
बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले सन् २०११ मा नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटमा पूर्वी टिमोरको सामना गर्दा २३ सदस्यीय अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गरे । अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गर्नु निकै दुर्लभ अवसर थियो । प्रशिक्षक रोबर्ट्सलाई यो निर्णय लिन बाध्य बनाएका थिए युवा गोलरक्षक विशाल श्रेष्ठले । घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी र क्याम्पमा पनि प्रभावशाली प्रदर्शन गरेपछि उनी टोलीमा परेका थिए ।

त्यसबेला टोलीमा किरण चेम्जोङ पहिलो रोजाइका गोलरक्षक थिए भने विकास मल्ल र रितेश थापा किरणलाई चुनौती दिइरहेका थिए । विशालको प्रदर्शनले रोबर्ट्सलाई छनोट गर्न निकै कठिन भएपछि चारै खेलाडी समेटेका थिए । त्यसबेला १८ वर्ष पुगेका विशालले राष्ट्रिय टोलीमा परेको लयलाई क्लब स्तरमा थप बढावा दिए । मोफसलका प्रतियोगितासँगै मनाङबाट लिग उपाधि जित्दा उनी उत्कृष्ट पनि घोषित भए ।
राष्ट्रिय टोलीमा स्थान बनाएको एक दशक बितिसक्दा पनि उनले डेब्यु गर्न भने पाएनन् । चोटका कारण बिचमा एकाध प्रतियोगिता गुमाउनुभन्दा बाहेक उनी टोलीमा नै रहँदै आए । विशालले पछिल्लो दशकमा साफ च्याम्पियनसिप, विश्वकप छनोट, एसियन कप छनोट लगायत थुप्रै मैत्रीपूर्ण खेलका टोलीमा रहेपनि डेब्यु पाएका थिएनन् । सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जित्दा पनि उनी टोलीमा थिए । तर त्यसबेला खेल्न भने पाएनन् । अन्तिम टोलीमा परेपनि मैदानमा छिर्न भने नपाएका विशाल अझैपनि अवसरको प्रतिक्षामा निरन्तर मिहिनेत गरिरहेका थिए ।
डेब्यु गर्ने अवसरमा नजिक आएर पनि विशाल पटक पटक त्यसबाट बन्चित भए । दुई पटक त उनलाई डेब्यु गर्ने तयारी गरिएका मैत्रीपूर्ण खेल नै रद्द समेत भए । पछिल्लो पटक कोरोना संक्रमणको प्रभाव केहि कम भएपछि बंगलादेशविरुद्ध ढाकामा भएको मैत्रीपूर्ण खेलमा विशाल डेब्यु गर्ने संघारमा थिए । तर त्यहाँ वार्मअप गरेर पनि उनी मैदान पस्न पाएनन् ।
त्यसो त भारतविरुद्ध पहिलो खेलमा पनि विशालले वार्मअपमा झन्डै आधा घण्टा बिताए । कप्तान तथा गोलरक्षक किरणले पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल रोकेपछि प्रशिक्षक अलमुताइरीले विशाललाई वार्मअप गर्न पठाएका थिए । तर दोस्रो हाफको खेलमा भारतले पकड जमाउँदै लगेपछि प्रशिक्षक अलमुताइरीले गोलरक्षक परिवर्तन गर्ने जोखिम उठाएनन् । उनी आफैंले पोस्ट म्याच कन्फरेन्समा गोलरक्षक परिवर्तन गर्ने जोखिम उठाउन नचाहेको बताए ।

भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार भने विशालले अन्तत: डेब्यु गरे । विशालले डेब्यु गर्दा टोलीको गोलरक्षक प्रशिक्षकमा विकास मल्ल थिए । उनै विकास, जो विशाल पहिलो पटक टोलीमा पर्दा पहिलो रोजाइको स्थानका लागि किरणसँग प्रतिस्पर्धामा थिए । र विशालले ८६ औं मिनेटमा मैदान प्रवेश गर्दा स्थान पनि किरणकै लिए, जसले २०११ देखि फर्केर हेर्नुपरेको छैन ।
घरेलु फुटबलमा झन्डै डेढ दशक खेलेका विशालका लागि यो कति महत्त्व राख्छ उनको नजिक रहेर खेल्ने सबैले बुझेका छन् । भारतले जित हासिल गरेपनि खेल सकिएलगत्तै प्रशिक्षक अलमुताइरी, गोलरक्षक किरण, विकेश कुथु लगायत सबै खेलाडीले उनीसँग अंकमाल गरेका थिए । उनी आफैं पनि निकै भावुक देखिए ।

केहीबेरमा उनले आफ्नो ३ वर्षीय छोरीलाई बोक्दै आफ्नो खुसी साटे । श्रीमती इलिशा श्रेष्ठ पनि भावुक देखिइन् । विशाल खेलाडी करिअरको सुरुवाती समयमा रहँदा बसेको उनीहरुको प्रेम सम्बन्ध सन् २०१६ मा वैवाहिक सम्बन्धमा परिवर्तन भएको थियो । परिवारले पनि विशालको फुटबलमा निकै साथ दिँदै आएको छ । उनको दिदि विद्या श्रेष्ठले सन् २०१६ को सोलिडारिटी कप दौरान मलेसियामा रहेको टोलीलाई नै भाइटिका पठाएकी थिइन् । विशालको डेब्युपछि उनको भावनात्मक स्ट्याटसले पनि यो डेब्युको महत्त्व झल्काएको छ ।
विशाल नेपालको घरेलु फुटबलमा सर्वाधिक सफल गोलरक्षकमा पर्छन् । उनले जित्न बाहेक सायदै केहि उपाधि होला । व्यक्तिगत होस् या टोली, उनले एकपछि अर्को सफलता चाखेका छन् । राष्ट्रका लागि उनले निरन्तर योगदान त दिइरहेका थिए र त्यसलाई देखाउन उनीसँग त्यो ‘क्याप’ थिएन । भारतविरुद्ध खेलमा डेब्युसँगै त्यो पनि पूरा भएको छ ।

सन् २०१५ को साफ च्याम्पियनसिपअघि घुँडाको चोट होस् या त्यसअघि यू-२३ उमेर समूहमा खेल्दा नाडीको चोट । दुवै अवसरमा विशालले ठूला प्रतियोगितामा आफूलाई सिद्ध पार्ने अवसर गुमाएका थिए । सन् २०१५ को साफअघि लागेको चोटले त उनी बंगबन्धु र १२ औं सागको टोलीमा छनोटबाट नै चुक्न पुगे । जुन बेला उनी आफ्नो खेलको उच्च लयमा थिए, त्यसबेला चोटले उनलाई पिरोल्यो । तर उनले हार मानेनन् र निरन्तर पुनरागमनको प्रयास गरिरहे ।
विशालले डेब्यु गरेको केहि घण्टापछि राष्ट्रका लागि सेवा गर्ने पुरा भएको आशयका साथ स्ट्याटस लेखेका छन् । पक्कैपनि उनले आफ्नो दशक पुरानो सपना पूरा गरेका छन् । उमेरले भर्खर २८ वर्ष पुगेका उनको राष्ट्रिय टोलीको करिअर अब कता जान्छ, उनले जान्नेछन् । तर यसबीचमा गरेको संघर्षको प्रतिफल भने उनले पाएका छन् ।
यो पनि : तेजको तेजिलो पुनरागमन
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]