4 years ago
January 3, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । बार्सिलोनाले रियल मलोर्कालाई उसकै मैदानमा १–० को जित निकालेको हो ।

मलोर्कामा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा लुक डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४४औं मिनेटमा गोल गरेका थिए ।
सिनियर टोलीका अधिकांश खेलाडी नरहेपनि बार्सिलोनाले जित हात पार्न सफल भएको हो । कोरोनाका कारण ७, प्रतिबन्धका कारण एक र चोटका कारण पाँच प्रमुख खेलाडी नरहेपनि बार्सिलोनाले महत्वपुर्ण जित निकाल्न सफल भएको हो । घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि बार्सिलोनाले गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।
४४औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनलाई सुरुवाती अग्रता दिलाए । उनले ओस्कर मिगुइजाको पासमा गोल गरेका थिए । दोस्रो हाफमा पनि बार्सिलोनाले गोलको थुप्र्रै अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा लुक डि जोङको पहिलो हाफको गोल नै निर्णायक बन्यो ।
जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित मलोर्का २० अंक जोडेर १५औं स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]