default_image

4 years ago

January 7, 2022

एपिएफ र जावलाखेलको बराबरी

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा खेल बराबरीमा टुंगियो । ६२औं मिनेटमा सुनिल खड्काको क्रसमा ओनगुना जुनियरको हेडर पोस्ट नजिकैबाट बाहिरिदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।

बराबरीपछि जावलाखेल ८ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ । एपिएफ ८ खेलबाट ७ अंक जोडेर १०औं स्थानमा रहेको छ । जावलाखेलले लिगमा ८ खेल खेल्दा दुई जित, दुई बराबरी र चार हारको नतिजा निकालेको छ । एपिएफ एक जित, चार बराबरी र तीन हारको नतिजा निकालेको छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.