default_image

4 years ago

January 8, 2022

मछिन्द्र र मनाङ फरक खेलमा उत्रदै

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) आठौं चरणका तीन खेल हुँदैछन् । दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र अर्को एक खेल पोखरा रंगशालामा हुनेछ ।

उपाधि होडमा रहेका मछिन्द्र फुटबल क्लब र मनाङ–मस्र्याङ्दी क्लबले फरक खेलमा प्रतिस्पर्धा गर्दैछन् । न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच पनि आज नै खेल्दैछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्रले रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यसपालीको एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने पक्का भइसकेको मछिन्द्र फ्रेन्ड्सलाई हराउँदै उपाधि यात्रालाई थप मजबुत बनाउन चहान्छ । मछिन्द्र बराबरमा रोकिए वा पराजित भएको खण्डमा मनाङको नतिजाले शीर्षस्थान निर्धारण गर्नेछ । मछिन्द्र ७ खेल १७ अंक जोडेर शीर्षस्थानमा छ ।

स्टार खेलाडीले भरिएको मछिन्द्रसँग लिगको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षमा रहेका सुनिल बल, विमल घर्तीमगर, मनिष डाँगी, अभिषेक रिजाल, नुर्लान नोभ्रुजोभ, रजिन धिमाल, बिशाल श्रेष्ठ, विशाल राई, एन्ड्रिएस निया, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, ओमोलाजा नुरेन करिम र सुजल श्रेष्ठ छन् ।

अर्कोतर्फ ३ अंकसहित अंकतालिकाको पुछारमा रहेको मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा मैदान उत्रनेछ । फ्रेन्ड्स लिगमा पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्सले ७ खेल खेल्दा ३ बराबरी र ४ हारको नतिजा निकालेको छ ।

यस्तै पोखरा रंगशालामा मनाङले च्यासल युथ क्लबसँग दिउँसो २ बजे खेल्दैछ । च्यासललाई हराएर मनाङ उपाधि होड कायमै राख्न चाहन्छ । मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा छ । मनाङ पोखरामा आफ्नो तीन खेलमा तीन जित नै निकाल्ने लक्ष्यमा हुनेछ । मनाङले यसअघि पोखरामा पुलिस र बिबिसीलाई हराएको थियो ।

च्यासल पनि मनाङलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लने योजनामा हुनेछ । च्यासल ७ खेलमा ५ अंक जोडेर लिगको १३ औं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा एनआरटी र आर्मीबीच दिउँसो ४ः४५ बजे प्रतिस्पर्धा हुनेछ । त्यो जारी लिगको ५४ औं खेल हुनेछ । दुवै टोली स्पष्ट जित निकाल्दै लिगमा अंक तालिका सुधार गर्ने योजनामा मैदान उत्रनेछ । आर्मी ११ अंक जोडेर चौंथो स्थानमा तथा एनआरटी १० अंक जोडेर सातौं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.