default_image

4 years ago

January 8, 2022

पहिलो हाफमा मछिन्द्र र फ्रेन्ड्सको बराबरी

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबले शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई पहिलो हाफमा बराबरीमा रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको मछिन्द्र र फ्रेन्ड्सले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि मछिन्द्रले फ्रेन्ड्सको बलियो रक्षापङ्ति तोड्न सकेको छैन ।

खेलको छैटौं मिनेटमा फ्रेन्ड्स क्लबका श्यामबाबु क्याप्छेकीले नुर्लान नोभ्रुजोभलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा बिशाल राईको प्रहार गोलरक्षक राहुल रामचन्द्र यादवले बचाए । नवौं मिनेटमा सुनिल बलको कर्नरमा अभिषेक रिजालको हेडर पोस्टमाथिबाट बाहिरियो ।

४५औं मिनेटमा अभिषेक रिजालको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार गोलरक्षक राहुले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान प्रिजेन तामाङको डाइभिङ हेडर पोस्टनजिकैबाट बाहिरिदा फ्रेन्ड्सले अग्रता लिन सकेन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.