4 years ago
January 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ ।

मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा आत्मघाती गोलको सहारा लिनुपरेको थियो ।
खेलको छैटौं मिनेटमा फ्रेन्ड्स क्लबका श्यामबाबु क्याप्छेकीले नुर्लान नोभ्रुजोभलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा बिशाल राईको प्रहार गोलरक्षक राहुल रामचन्द्र यादवले बचाए । नवौं मिनेटमा सुनिल बलको कर्नरमा अभिषेक रिजालको हेडर पोस्टमाथिबाट बाहिरियो ।
४५औं मिनेटमा अभिषेक रिजालको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार गोलरक्षक राहुले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान प्रिजेन तामाङको डाइभिङ हेडर पोस्टनजिकैबाट बाहिरिदा फ्रेन्ड्सले अग्रता लिन सकेन ।
५३औं मिनेटमा जमल एन्थोनी फ्रान्कोइसको प्रहार सिधै गोलरक्षक विशाल श्रेष्ठको हातमा पुग्यो । ६७औं मिनेटमा आत्मघाती गोलबाट मछिन्द्रले खेलमा १–० को अग्रता लिन सफल भयो । कप्तान सुजल श्रेष्ठको क्रसलाई आकाश राईले हेड गर्दा रोनेल एन्थोनी पउलले हेडमार्फत गोलरक्षक राहुललाई दिएको पासले जाली चुम्न पुगेको थियो ।
जितसँगै अपराजित रहेर शीर्षस्थानमा रहेको मछिन्द्रको ८ खेलबाट २० अंक पुगेको छ । लगातार हारसँगै फ्रेन्ड्सको रेलिगेसनको दवाव बढेको छ । फ्रेन्ड्स ८ खेलबाट ३ अंक जोडेर पुछारमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]