default_image

4 years ago

January 8, 2022

ओलावालेको ह्याट्रिकमा च्यासलको लज्जास्पद हार

254 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले अफिजको ह्याट्रिकमा मनाङ–मर्स्याङ्दी क्लबले च्यासल युवा क्लबमाथि फराकिलो जित हासिल गरेको छ । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पोखरा रंगशालामा भएका तेस्रो तथा अन्तिम खेलमा मनाङले शनिबार च्यासललाई ५–० ले हराएको हो ।

च्यासलमाथि जित हासिल गर्दै मनाङले लिग उपाधिको दाबेदारीलाई यथावत राखेको छ । ओलावालेको ह्याट्रिकसँगै मनाङका लागि आडेलाजा सोमिडे र दीनेश राजवंशीले १-१ गोल गरेका थिए । जारी लिगमा यो दोस्रो ह्याट्रिक हो । यसअघि सातदोबाटो युथ क्लबका अजयी मार्टिन्सले एपिएफ फुटबल क्लबविरुद्ध ह्याट्रिक गरेका थिए । नेपाली खेलाडीले भने जारी लिगमा ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।

त्यसअघि शनिबार नै दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लबले पुछारको फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै अंकतालिकाको शीर्षस्थालाई कायम राखेको थियो । मनाङले च्यासलविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा ३ गोल थप्दै टोलीले लिगमा छैटौं जित दर्ता गराएको हो ।

चौथो मिनेटमा आडेलाजा सोमिडेको गोलबाट मनाङले अग्रता लिएको थियो । उनले च्यासलको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भए । ४३औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ८६ औं मिनेटमा दीनेश राजवंशीले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए । उनले रुपेश केसीको कर्नरलाई सिधै गोल गरेका थिए । उक्त कर्नर रोक्ने प्रयासमा च्यासलका गोलरक्षक प्रदीप भण्डारी घाइते भएका थिए । आफ्नै खेलाडीसँग जुधेपछि काखीमा चोट बोकेका उनको स्थानमा युवा गोलरक्षक सन्तोष महत मैदान छिरेका थिए ।

आफिजले सन्तोषमा अनुभवको कमीको फाइदा उठाउँदै इन्ज्युरी समयमा २ गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा विमल रानाको पासमा दुई डिफेन्डरको चुनौती चिर्दै बललाई पोस्टको दिशा दिए । लगत्तै अन्जन विष्टको पासमा डिफेन्स र गोलरक्षकलाई बिट गर्दै उनले ह्याट्रिक पूरा गरे ।

यसअघि मनाङले पोखरा रंगशालामा यसअघि नेपाल पुलिस क्लबलाई ३–१ र ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराएको थियो । ८ खेलमा मनाङले ६ जित, १ बराबर र १ हारका साथ १९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको मछिन्द्रको २० अंक पुगेको छ । पाँचौं हार बेहोरेको पुछारबाट दोस्रो स्थानमा रहेको च्यासलको ५ अंक छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.