4 years ago
January 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर दिनेश हेन्जनको गोलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको १७औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका हुन् । उनले जगजित श्रेष्ठको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए ।
त्यसअघि खेलको सातौं मिनेटमा स्टेफन समिर विनोङको पासमा राजेश परियारको डि बक्सबाहिरको प्रहार आकासियो । १३औं मिनेटमा जगजित श्रेष्ठको एकल प्रयासलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले विफल पारे । १६औं मिनेटमा जर्जप्रिन्स काकीको प्रयास पोस्ट नजिकैबाट आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो ।
२१औं मिनेटमा गोलरक्षक अजित प्रजापति अघि बढेको अवस्थामा दिनेशको हेडर आकासिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो । ३३औं मिनेटम जगजितको कर्नरलाई गोलरक्षक अजितले पञ्च गर्दै बचाए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]