default_image

4 years ago

January 9, 2022

थ्री स्टार र शेर्पा भिड्दै

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेव सहिद स्मारक ‘ए’ डिभिज लिग अन्तरगतको आठौं चरणको खेलमा आइतबार एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे हुनेछ । थ्री स्टार शेर्पालाई हराउँदै अंक तालिका सुधार गर्न चहान्छ । थ्री स्टार ७ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पालाई हराउन सके थ्री स्टारले शेर्पालाई नै पछि पार्दै पाँचौ स्थानमा उक्लनेछ ।

प्रतिबन्धपछि सेन्टरब्याक अनन्त तामाङ टोलीमा फर्कनेछ । फरवार्ड अन्सुमाना क्रोमाह कप्तान विक्रम लामा, आयुष घलान, सन्जोक राई, डोना थापा, हेमन्त थापामगर र गोलरक्षक प्रिसो टोलीमा रहेका छन् ।

यता, पछिल्लो तीन खेलमा अपराजित शेर्पा थ्री स्टारलाई स्तब्ध पार्दै शीर्ष चारको सम्भावना बलियो बनाउन चहान्छ । शेर्पा ७ खेलबाट ११ अंक जोडेर पाँचौं स्थानमा छ । थ्री स्टारलाई हराउन सके शेर्पाले तेस्रो र चौथो स्थानमा रहेको संकटा र आर्मीसँग अंक दुरी बराबरी गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.