default_image

4 years ago

January 9, 2022

पहिलो हाफमा थ्री स्टार र शेर्पाको बराबरी

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबले कतार एअरवजे सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतिस्र्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलमा थ्री स्टारले केही आक्रमण बुनेपनि शेर्पाले थ्री स्टारको पोस्मा उल्लेख्य आक्रमण बुन्न सकेको छैन ।

१९औं मिनेटमा अन्सुमाना क्रोमाहको पेनाल्टी बक्सभित्रको प्रहार फितलो बन्दा हिमालयन शेर्पाका डिफेन्डरले ब्लक गर्दै बचाए । २९औं मिनेटमा हेमन्त थापा मगरको कर्नरमा राफायल रिमगागोको हेडरलाई गोलरक्षक दीप कार्कीले दोस्रो प्रयासमा टप कर्नरबाट नियन्त्रणमा लिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

३५औं मिनेटमा अन्सुमाना क्रोमाको झन्डै ३० यार्ड टाढाको सशक्त प्रहार क्रसबारबाट थोरै बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मुताम्वा पिस्टोनको पासमा पुर्ण बहादुर गुरुङको डिबक्सभित्रको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा शेर्पा अग्रता लिनबाट चुक्यो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.