default_image

4 years ago

January 9, 2022

थ्री स्टारले शेर्पालाई हरायो

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्दा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । थ्री स्टारले शेर्पामाथि २–० को जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टारको जितमा जितमा अन्सुमाना क्रोमाहले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको १९औं मिनेटमा अन्सुमाना क्रोमाहको पेनाल्टी बक्सभित्रको प्रहार फितलो बन्दा हिमालयन शेर्पाका डिफेन्डरले ब्लक गर्दै बचाए । २९औं मिनेटमा हेमन्त थापा मगरको कर्नरमा राफायल रिमगागोको हेडरलाई गोलरक्षक दीप कार्कीले दोस्रो प्रयासमा टप कर्नरबाट नियन्त्रणमा लिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

३५औं मिनेटमा अन्सुमाना क्रोमाको झन्डै ३० यार्ड टाढाको सशक्त प्रहार क्रसबारबाट थोरै बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मुताम्वा पिस्टोनको पासमा पुर्ण बहादुर गुरुङको डिबक्सभित्रको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा शेर्पा अग्रता लिनबाट चुक्यो ।

५६औं मिनेटमा आत्मघाती गोलबाट थ्री स्टारले १–० को अग्रता दिलाए । निशान खड्काको पासलाई नियन्त्रणमा लिर्दै दुई डिफेन्डरलाई बिट गर्दै अन्सुमाना क्रोमाहको वान टच पासलाई ऋतिकको फितलो टच शेर्पाका डिफेन्डर अमृत श्रेष्ठको खुट्टामा लाग्दै गोलमा परिणत हुदा गोलरक्षक दिप कार्कीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

एक गोलले पछि परेपछि सुधारिएको खेल पस्किएको शेर्पाले थ्री स्टारलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । काउन्टर अट्याकमा इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा अन्सुमाना क्रोमाहले गोल गर्दै थ्री स्टारको जित पक्का गरे । लाकेन लिम्बुको पासमा अन्सुमानाले अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको अवस्थामा गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

जारी लिगमा थ्री स्टारको यो तेस्रो जित हो । यसअघि थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० ले तथा जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको थियो । थ्री स्टारसँगको हारसँगै शेर्पाको तीन खेल सम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शेर्पाले यसअघि लगातार तीन खेलमा जित निकालेको थियो ।

जितसँगै थ्री स्टार ८ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा उक्लन सफल भएको छ । थ्री स्टारले शेर्पालाई नै पछि पारेको हो । पराजित शेर्पा ११ अंक जोडेर छैटौं स्थानमा झरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.