default_image

4 years ago

January 10, 2022

पहिलो हाफमा बिबिसी र पुलिसको बराबरी

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको अन्तिम खेलको पहिलो हाफमा सोमबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज (बिबिसी) ले १-१ बराबरी खेलेका छन्।

खेलको दोस्रो मिनेटमा नै बिबिसीले रोशन आले मगरको गोलमा अग्रता बनाएको थियो। शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशनले पोेष्टको दिशा दिएका थिए।
तर, बीबीसीले अग्रतालाई एक मिनेट पनि जोगाउन सकेन। तेस्रो मिनेटमा बुद्ध तामाङले फ्रिकिकमा गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए।

खेलको १३ मिनेटमा बिबिसीका जोनाथन रोडीको फ्रिकिक प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो। २५ औँ मिनेटमा पुलिसका निर कुमार राईको कर्नरमा सन्तोष हेम्जनको हेडर पोष्ट माथिबाट बाहिरियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.