4 years ago
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)- कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको आठौँ चरणको अन्तिम खेलमा सोमबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज (बिबिसी) ले १-१ को बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसविरुद्ध बिबिसीले अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउँन पर्यो । खेलको पहिलो हाफमा एक एक गोल गरेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सकेनन्।
खेलको दोस्रो मिनेटमा नै बिबिसीका शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशन आले मगरले पोेष्टको दिशा दिएका थिए।
त्यसको एक मिनेटमा नै बुद्ध तामाङले फ्रिकीकमा गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए। खेलको १३ मिनेटमा बीबीसीका जोनाथन रोडीको फ्रिकिक प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो। २५ औँ मिनेटमा पुलिसका निर कुमार राईको कर्नरमा सन्तोष हेमरनको हेडर पोष्ट माथिबाट बाहिरियो।
दोस्रो हाफमा दुवै टोलीले केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। ७१ औँ मिनेटमा बीबीसीका दिपेश गुरुङको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो। दोस्रो हाफको ४२ औँ मिनेटमा सुमन लामाको फ्रिकीक किपरले पन्च गर्दै बचाए।
जारी लिगमा पुलिसको यो चौथो बराबरी हो। बराबरीसँगै पुुलिस ७ अंकमा ११औं स्थानमा यथावत छ। ८ खेलमा १ मा जित, ४ खेलमा बराबरी र ३ खेलमा हार भोगेको छ।
बिबिसीले भने तेस्रो खेलमा बराबरीको नतिजा निकालेको हो। बीबीसीले एक खेलमा जित, ३ मा बराबरी र ४ खेलमा हार भोग्दै ६ अंक बनाएको छ। टोली १२ औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]