4 years ago
January 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा सातदोबाटो युवा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पारेको छ । पहिलो हाफकै दुई गोलको मदतमा सातदोबाटो २-१ को जित दर्ता गर्न सफल रहयो ।

खेलको ११ औं मिनेटमा सातदोबाटोले मार्टिन्स सिलो नांगाको गोलमा अग्रता लिएको थियो । मनाङको डिफेन्सले क्लियर गर्न नसकेको कर्नरमा मार्टिन्सको हेडर एकराज बुढाथोकीलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यस्तै पहिलो हाफको ७ मिनेट बाँकी रहँदा सातदोबाटोले अग्रता दोब्बर पार्यो । प्रशान्त अवस्थीको क्रसमा अजायी मार्टिन्सले हेडरमार्फत गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे ।
५७ औं मिनेटमा मनाङले गोल फर्काएको थियो । आफिज ओलावावलेले कर्नरमा क्लियर हुन नसकेको बललाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर त्यसपछि पटक पटक सातदोबाटोको डिफेन्स बाधक बन्दा मनाङ सिजनको दोस्रो हार बेहोर्न बाध्य भयो ।
यस नतिजासँगै सातदोबाटो १२ अंकसहित लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ । मनाङ भने १९ अंकसहित दोस्रो स्थानमा यथावत छ । शीर्षस्थानको मछिन्द्रले ८ खेलमा २० अंक जोडेको छ । मछिन्द्रले आइतबार ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ ।
यस्तै दिनको पहिलो खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको थियो । आवास लामिछानेले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल जितका लागि पर्याप्त रहयो । उनले नविन लामाको कर्नरमा गोल गरेका थिए ।
एपिएफ यस जितसँगै १० अंकका साथ नवौं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट एपिएफ ५ अंकले अघि बढेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]