4 years ago
January 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा बराबरीमा रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । मछिन्द्रले खेलमा पकड जमाउँदै दवावमा राखेपनि बिबिसीको रक्षापङ्ति तोड्न सकेको छैन ।
१५औं मिनेटमा रजिन धिमालकै कर्नरमा देवेन्द्र तामाङको हेडर पोस्ट नजिकैबाट आकासिदा मछिन्द्रले अग्रता लिन सकेन । २२औं मिनेटमा छिरिङ गुरुङको क्रसमा बिमल घर्तीमगरको हेडर दोस्रो बार च्याप्दै थोरै आकासिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।
२५औं मिनेटमा रजिन धिमालको कर्नरमा देवेन्द्र तामाङ प्रहार गोलरक्षक गुरप्रित सिंहले बचाउँदा डिफेन्डरले क्लियर गर्दै बिबिसीको संकट टारे । २९औं मिनेटमा नुर्लान नोभ्रुजोभको हेडर सदुपयोग हुन सकेन । ३४औं मिनेटमा बिबिसीका मनोज राईको कर्नरमा बट्रान्ड इवोडेको हेडर क्रसबारबाट थोरै आकासियो ।
४१औं मिनेटमा रोशन रानामगरको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४४औं मिनेटमा सुनिल बलको झन्दै ३० यार्ड टाढाको प्रहार गोलरक्षक गुरप्रित सिंहले पञ्च गर्दै बचाए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]