default_image

4 years ago

January 16, 2022

विमलको दुई गोलमा मछिन्द्रको सानदार जित

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्तीमगरको दुई गोलसँगै एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई पराजित गरेको छ ।

मछिन्द्रले बिबिसीलाई ४–० ले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको स्पष्ट अग्रता बनाउन सफल भएको हो । विमलले दुई तथा रेजित सुब्बा र अभिषेक रिजालले समान एक गोल थपे । बलियो मछिन्द्रलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको १५औं मिनेटमा रजिन धिमालकै कर्नरमा देवेन्द्र तामाङको हेडर पोस्ट नजिकैबाट आकासिदा मछिन्द्रले अग्रता लिन सकेन । २२औं मिनेटमा छिरिङ गुरुङको क्रसमा विमलको हेडर दोस्रो बार च्याप्दै थोरै आकासिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।

२५औं मिनेटमा रजिन धिमालको कर्नरमा देवेन्द्र तामाङ प्रहार गोलरक्षक गुरप्रित सिंहले बचाउँदा डिफेन्डरले क्लियर गर्दै बिबिसीको संकट टारे । २९औं मिनेटमा नुर्लान नोभ्रुजोभको हेडर सदुपयोग हुन सकेन । ३४औं मिनेटमा बिबिसीका मनोज राईको कर्नरमा बट्रान्ड इवोडेको हेडर क्रसबारबाट थोरै आकासियो ।

४१औं मिनेटमा रोशन रानामगरको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४४औं मिनेटमा सुनिल बलको झन्दै ३० यार्ड टाढाको प्रहार गोलरक्षक गुरप्रित सिंहले पञ्च गर्दै बचाए ।

५६औं मिनेटमा बिबिसीका गोलरक्षक गुरप्रित सिंहको कमजोर प्रदर्शनमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । छिरिङ गुरुङले गोलरक्षक बल बचाउन अघि बढेको अवस्थामा गरेको क्रसलाई रेजिन सुब्बाको ओभरहेड किकलाई बिमलले हेडमार्फत गोल गर्न सफल भएका थिए ।

६२औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । रजिन धिमालको लामो पासलाई बट्रान्डलाई बिट गर्दै विमलले वान भर्सेस वानको अवस्थामा सहज गोल गर्न सफल भएका थिए । जारी लिगमा उनले आफ्नो गोलसंख्या तीन पुर्याए ।

६६औं मिनेटमा विमलको प्रहारलाई गोलरक्षक गुरप्रितले पञ्च गर्दै बचाउँदा ह्याट्रिकबाट चुके । ७६औं मिनेटमा गोलरक्षक गुरप्रित अघि बढेको अवस्थामा विमल र रेजिन एक आपसमा झुक्किन पुग्दा अन्तिममा विमलको प्रहार पोस्टतर्फ जान सकेन । ८४औं मिनेटमा सव्सिच्युट फरवार्ड रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले विमलको पासमा कुल फिनिसिङको नमुना पेश गरेका थिए ।

रेजिन पहिलो हाफको इन्ज्युरी समयमा नुर्लान नोभ्रुजोभको स्थानमा मैदान प्रवेश गरेका थिए । रेजिनले चोटबाट फर्किएको पहिलो खेलमै गोल गर्न सफल भएका उनी चोट र कोरोना महामारीका कारण उनी झन्डै दुई वर्ष मैदान बाहिर रहेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अभिषेक रिजालले गोल गर्दै मछिन्द्रलाई सानदार जित दिलाए । उनले कप्तान सुजल श्रेष्ठको पासमा अफसाइड बिट ट्रयाप गर्दै गोलरक्षक गुरप्रितलाई बिट गर्दै गोल गर्न सफ भएका थिए ।

जितसँगै अपराजित रहेको शीर्षस्थानको मछिन्द्रको ९ खेलबाट २३ अंक पुगेको छ । मछिन्द्रले दोस्रो स्थानको मनाङलाई ४ अंकले पछि पारेको छ । पराजित बिबिसी ९ खेलबाट ६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.