default_image

4 years ago

January 16, 2022

मछिन्द्रको एएफसी कप छनोटको ड्र भोली

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्दैछ । एएफसी कप छनोटको ड्र सोमबार हुँदैछ ।

लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनीधित्व गर्ने प्रावधान रहेकोमा मछिन्द्रले सो अवसर प्राप्त गरेको थियो । लिगमा एकमात्र अपराजित टोलीको रुपमा शीर्षस्थानमा रहेको मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । यसक्रममा टोलीले ७ जित र २ बराबरीको नतिजा निकालेको हो ।

मछिन्द्र क्लबको इतिहासमा पहिलो पटक एएफसीको आधिकारिक मान्यता प्राप्त क्लब प्रतियोगिता खेल्दैछ । मछिन्द्रले समूह चरणमा स्थान पक्का गर्न छनोटको तीन चरण पार गर्नुपर्नेछ । सुरुवाती चरणमा मछिन्द्रले भुटानको पारो एफसी, माल्दिभ्सको क्लब भ्यालेन्सिया वा श्रीलंकाको ब्लु स्टारमध्य एक टोलीसँग खेल्नेछ । उक्त खेल चैत २२ गते हुने तालिका रहेको छ ।

त्यसपछि यस चरणको विजेताले अर्को चरणमा भारतको एटिके मोहन बगान वा बंगलादेशको अबहानी लिमिटेड ढाकामध्य एक टोलीको सामना गर्नेछ । यो खेल चैत २९ गते हुनेछ । यस खेलमा जित हासिल गरे प्लेअफम मछिन्द्रले अर्को छनोट खेलको विजेतासँग समूह चरणमा पुग्न प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त खेल वैशाख ६ गते हुनेछ ।

मछिन्द्रले समूह चरणमा स्थान बनाउन सके भारतको गोकुलम केराला, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजियासँग प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले यस सिजन माजियाबाट खेल्दैछन् । उनको टोली गत सिजनको लिग च्याम्पियनको हैसियतमा सिधै समूह चरणमा स्थान बनाउन सफल रहेको हो ।

दक्षिण एसियाली राष्ट्रमा एएफसी क्लब वरीयता अंक अनुसार भारत, बंगलादेश र माल्दिभ्सले सिधै समूह चरणमा स्थान बनाएका छन् । नेपाल, श्रीलंका र भुटानको अंक कम रहकाले छनोट चरण खेल्नुपर्ने बाध्यता छ । एएफसी कपमा राम्रो प्रदर्शन गरेमात्र यो अंक बढ्छ । त्यसैले मछिन्द्रको प्रदर्शनसँग नेपालको भविष्यको सहभागिता पनि जोडिएको छ ।

नेपालबाट मनाङले पछिल्लो पटक लिग च्याम्पियनको हैसियतमा २०१९ मा एएफसी कपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । गत संस्करणबाट भने नेपालको टोलीले एएफसी कपको छनोट खेल्नुपर्ने भएको छ ।

त्यसअघि मनाङले २००६ र २०१४ को एएफसी प्रेसिडेन्ट्स कपमा देशको प्रतिनिधित्व गरेको थियो । थ्री स्टार, नेपाल पुलिस क्लब र एनआरटीले पनि प्रेसिडेन्टस कपमा नेपालको प्रतिनिधित्व गरेका छन् । सन् २००६ मा समूह चरणबाट बाहिरिएको मनाङ २०१४ मा भने अन्तिम चरणमा पुगेको थियो । त्यसअघि १९८८ मा मनाङले एसियन क्लब च्याम्पियनसिपको छनोट चरण खेलेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.