default_image

2 years ago

January 17, 2022

फुटबल बिकासका लागि एन्फा र साफबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबलको विभिन्न पक्षको बिकासका लागि सम्झौता भएको छ । एन्फा र साफबीच दुई वर्षको सम्झौता भएको हो । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता साउदी अरबमै भएको […]

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबलको विभिन्न पक्षको बिकासका लागि सम्झौता भएको छ ।

एन्फा र साफबीच दुई वर्षको सम्झौता भएको हो । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता साउदी अरबमै भएको हो । एन्फा अध्यक्ष शेर्पा एक सातादेखि साउदीको भ्रमणमा रहेका छन् ।

सम्झौता अनुसार दुबै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आतिथ्यता प्रदान गर्नेछ । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, उमेर समूह यू–१७, यू–२० र यू–२३ को प्रशिक्षणका सहयोग आदान–प्रदान हुनेछ ।

यस्तै रेफ्री बिकास, रेफ्री शिक्षा, भीएआर सीप र रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमसँगै युवा फुटबल बिकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू आयोजना गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौता हुनअघि यसअघि एन्फा अध्यक्ष शेर्पाले शनिबार एसियन फुटबल कन्फेडेरेसन (एएफसी) का महासचिव दातो विन्डसर जोन र सह महासचिव वाहिद कर्दनीसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा एन्फाका लागि एएफसीले प्राविधिक सहयोग कोषको लागि सहयोगत गर्ने प्रतिबद्धता भएको एन्फाले जनाएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.