4 years ago
January 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत खेलको पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । जावलाखेलले बल पोसेसन राख्दै एनआरटीलाई दवावमा राखेपनि गोल गर्न सकेका छैनन् ।
नवौ मिनेटमा ओनगुना जुनियरको पासमा रुप बहादुर लामाको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार आकासिदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।
१३औं मिनेटमा दर्शन गुरुङले सुवर्ण अवसर पाएपनि चुकाउँदा न्युरोड टिम (एनआरटी) अग्रता लिनबाट चुक्यो । बिशाल तामाङको पासमा क्रिटिश रत्न छुन्जुको चलाखीपुर्ण पासमा दर्शन वान भर्सेस वानकै अवस्थामा चुकेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रुप बहादुरकै प्रहार पहिलो बार च्याप्दै बाहिरिदा जावलाखेलले अग्रता लिन सकेन । लगत्तै सुरज ज्यु ठकुरीको क्रसमा गौरव श्रेष्ठको हेडरलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै नियन्त्रणमा लिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]