default_image

2 years ago

January 17, 2022

मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग खेल्ने भएको छ । सोमबार निकालिएको एएफसी कप छनोटको ‘ड्र’ मा मछिन्द्रले श्रीलंकन टोलीसँग खेल्नुपर्ने भएको हो । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको […]

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग खेल्ने भएको छ ।

सोमबार निकालिएको एएफसी कप छनोटको ‘ड्र’ मा मछिन्द्रले श्रीलंकन टोलीसँग खेल्नुपर्ने भएको हो । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनीधित्व गर्ने प्रावधान रहेकोमा मछिन्द्रले सो अवसर प्राप्त गरेको थियो ।

लिगमा एकमात्र अपराजित टोलीको रुपमा शीर्षस्थानमा रहेको मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । यसक्रममा टोलीले ७ जित र २ बराबरीको नतिजा निकालेको हो ।गत वर्ष मछिन्द्र नै लिग च्याम्पियन भएपनि क्लब लाइसेन्स नभएका कारण दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले नेपालको प्रतिनिधित्व गरेको थियो ।

मछिन्द्र क्लबको इतिहासमा पहिलो पटक एएफसीको आधिकारिक मान्यता प्राप्त क्लब प्रतियोगिता खेल्दैछ । मछिन्द्रले समूह चरणमा स्थान पक्का गर्न छनोटको तीन चरण पार गर्नुपर्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल चैत २२ गते हुने तालिका रहेको छ ।

त्यसपछि यस चरणको विजेताले अर्को चरणमा भारतको एटिके मोहन बगानको सामना गर्नेछ । यो खेल चैत २९ गते हुनेछ । यस खेलमा जित हासिल गरे प्लेअफम मछिन्द्रले अर्को छनोट खेलको विजेतासँग समूह चरणमा पुग्न प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त खेल वैशाख ६ गते हुनेछ ।

मछिन्द्रले समूह चरणमा स्थान बनाउन सके भारतको गोकुलम केराला, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजियासँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण एसियाली राष्ट्रमा एएफसी क्लब वरीयता अंक अनुसार भारत, बंगलादेश र माल्दिभ्सले सिधै समूह चरणमा स्थान बनाएका छन् । नेपाल, श्रीलंका र भुटानको अंक कम रहकाले छनोट चरण खेल्नुपर्ने बाध्यता छ । एएफसी कपमा राम्रो प्रदर्शन गरेमात्र यो अंक बढ्छ । त्यसैले मछिन्द्रको प्रदर्शनसँग नेपालको भविष्यको सहभागिता पनि जोडिएको छ ।

नेपालबाट मनाङले पछिल्लो पटक लिग च्याम्पियनको हैसियतमा २०१९ मा एएफसी कपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । गत संस्करणबाट भने नेपालको टोलीले एएफसी कपको छनोट खेल्नुपर्ने भएको हो । त्यसअघि मनाङले २००६ र २०१४ को एएफसी प्रेसिडेन्ट्स कपमा देशको प्रतिनिधित्व गरेको थियो ।

थ्री स्टार, नेपाल पुलिस क्लब र एनआरटीले पनि प्रेसिडेन्टस कपमा नेपालको प्रतिनिधित्व गरेका छन् । सन् २००६ मा समूह चरणबाट बाहिरिएको मनाङ २०१४ मा भने अन्तिम चरणमा पुगेको थियो । त्यसअघि १९८८ मा मनाङले एसियन क्लब च्याम्पियनसिपको छनोट चरण खेलेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.