default_image

2 years ago

January 20, 2022

इन्ज्युरी समयमा बर्गवाइनको दुई गोलमा टोटेनहमको पूनरागमन जित

एजेन्सी – डच मिडफिल्डर स्टेभन बर्गवाइनले इन्ज्युरी समयको थप गरिएको समयको अन्तिम दुई मिनेटमा दुई गोल गरेपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक पूनरागमन जित निकालेको छ । टोटेनहमले खेलमा दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै घरेलु टोली लेस्टर सिटीमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित आत्मसात गरेको हो । टोटेनहमा लागि एक गोल ह्यारी केनले […]

28 views

0 Bookmark

एजेन्सी – डच मिडफिल्डर स्टेभन बर्गवाइनले इन्ज्युरी समयको थप गरिएको समयको अन्तिम दुई मिनेटमा दुई गोल गरेपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक पूनरागमन जित निकालेको छ ।

टोटेनहमले खेलमा दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै घरेलु टोली लेस्टर सिटीमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित आत्मसात गरेको हो । टोटेनहमा लागि एक गोल ह्यारी केनले गरे । लेस्टरका पाट्सन डाका र जेम्स म्याडिसनले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

किङ पावर स्टेडियममा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा डाकाको गोलबाट घरेलु टोली लेस्टरले सुरुवाती अग्रता लिएको थियो । ३८औं मिनेटमा ह्यारी केनले ह्यारी विंक्सको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७६औं मिनेटमा म्याडिसनले हार्भे वार्न्सको पासमा गोल गर्दै घरेलु टोली लेस्टरलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि सब्सिच्युट फरवार्ड बर्गवाइन खेलमा चम्किए ।

७९औं मिनेटमा सर्जियो रिगुइलोनको स्थानमा मैदान छिरेका बर्गवाइनले इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा माट डोहर्थीको प्रहारबाट आएको रिबाउन्डमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यसको दुई मिनेटपछि ह्यारी केनको पासमा बर्गवाइनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई रोमाञ्चक पूनरागमन जित दिलाए । जिततर्फ अग्रसर लेस्टर अन्तिम दुई मिनेटमा सम्हालिन नसक्दा घरेलु मैदानमा पराजित हुन पुग्यो ।

यो जितसँगै टोटेनहम १९ खेलबाट ३६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । टोटेनहम दुई खेल बढी खेलेको वेस्ट ह्यामभन्दा २ अंकले मात्रै पछि छ । पराजित लेस्टर १९ खेलबाटै २५ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.