default_image

2 years ago

January 20, 2022

पोखरामा आहा गोल्डकप आजबाट

पोखरा (हाम्रो खेलकुद) – मोफसल प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार सुरु हुँदैछ । पोखरा रंगशालामा आयोजक सहारा र नेपाल एपिएफ फुटबल क्लबबीच उद्घाटन खेल हुँदैछ । ए डिभिजनका ८ सहित १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । साविक विजेता संकटा क्लबसहित, लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी […]

147 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – मोफसल प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार सुरु हुँदैछ । पोखरा रंगशालामा आयोजक सहारा र नेपाल एपिएफ फुटबल क्लबबीच उद्घाटन खेल हुँदैछ ।

ए डिभिजनका ८ सहित १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । साविक विजेता संकटा क्लबसहित, लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब उपाधिका लागि भिड्नेछन् । आयोजक सहारासँगै भुटानिज युथ स्पोर्टस क्लबले आहा गोल्डकपको प्रतिस्पर्धा गर्नेछन् ।

आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । क्याराभान गोल्ड कपसहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ ।
पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । दोस्रो पुरस्कार प्रायोजन सहारा क्लब हङकङ, सर्वोत्कृष्ट खेलाडी पुरस्कार सीताज लाइफ स्टाइलको अप्रिला स्कुटर रहेको छ ।

त्यस्तै सह उप–प्रायोजक मुलवेरी इष्टिच्युट अफ हस्पिटालिटी, अफिसियल स्पोर्ट्स वयर पार्टनर एक्स–टेप, अफिसियल एजुकेसन पार्टनर हिमाअस एजुकेसन कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक बुलेट ट्रेडर्स प्रालि, सर्वाधिक गोलकर्ता पुरस्कार हङकङ निवासी कानुन व्यबसायी समाजसेवी देव गुरुङ, सहारा क्लब हङकङ सल्लाहकार, सफल व्यवसायी गेरी गुरुङ रहेका छन् ।

बाबा फाउण्डेशन, मुग्लान रेस्टुरेन्ट एंड बार, सहयोगी संस्था साथै राष्ट्रिय खेलकुद परिषद÷प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोगीको रुपमा रहेको क्लबले जनाएको छ ।

स्वर्गीय सुर्य बहादुर के.सी.को स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कारलाई प्रदान गरिने क्लबले यसअघि नै सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाईभ ट्रफी, म्यान अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगायत म्यान अफ दि म्याच नगद पुरस्कार प्रत्येक म्याच ८ हजारको दरमा सहयोग रकम सहारा यू केले उपलब्ध गराएको छ । प्रतियोगिताको ग्यालेक्सी फोकेबाट प्रत्यक्ष प्रसारण हुनेछ । यस वर्षपनि ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८’ बाट एक जना राष्ट्रिय खेलाडीलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.