4 years ago
January 20, 2022
एजेन्सी – अर्जेन्टिनाले विश्वकप छनोटको दुई खेलको लागि २७ सदस्यीय टोलीको घोषणा गर्दा कप्तान लियोनेल मेस्सीलाई टोलीबाट बाहिर राखेको छ ।

अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तरगत दक्षिण अमेरिकी छनोटमा यसै महिना चिली र कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ । दुवै खेलमा मेस्सी टोलीमा हुने छैनन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल १३ खेलबाट ३५ अंक जोडेर शीर्षस्थानमा रहँदा अर्जेन्टिना १३ खेलबाटै २९ अंक जोडेर दोस्रो स्थानमा छ । चिली छैटौं तथा कोलम्बिया चौथो स्थानमा छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ३४ वर्षीय फरवार्ड मेस्सी पछिल्लो समय अर्जेन्टिनामै बिदा मनाउँदा कोरोना संक्रमित भएका थिए । कोरोना संक्रमणमुक्त भइसके पनि उनी पूर्ण फिट छैनन् । उनी पिएसजीको प्रशिक्षणमा भने सामेल जोडिइसकेको छन् ।
पिएसजीले युइएफए च्याम्पियन्स लिग अन्तरगत रियल म्याड्रिडविरुद्ध प्रि–क्वाटरफाइनल खेल रहेकाले मेस्सीलाई राष्ट्रिय टोलीमा नसमेट्न अनुरोध गरेको थियो । मेस्सीलाई राष्ट्रिय टोलीमा समावेश नगर्दा पिएसजीलाई राहत मिलेको छ । पिएसजीले फेब्रुअरी १५ मा च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्पेनिस क्लब रियलको सामना गर्नेछ ।
दुई पटकको विश्वकप उपविजेता र कोपा अमेरिकाको विजेता अर्जेन्टिनाले कतारमा हुने प्रतियोगिताका लागि स्थान पक्का गरिसकेको छ । ३४ वर्षीय मेसीले गएको डिसेम्बर २२ यता प्रतिस्पर्धात्मक फुटबल खेलेका छैनन् । अर्जेन्टिनाले जनवरी २७ मा चिली र फेब्रुअरी १ मा कोलम्बियाविरुद्ध खेल्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]