4 years ago
January 23, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुलले सहज जित दर्ता गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ ।

लिभरपुलले घरेलु टोली क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानको सिटीसँगके अंक दुरी छोट्याएको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, एलेक्स अक्सलेड चेम्वरलेन र फाविन्होले गोल गरे । घरेलु टोलीका ओड्सोनी इडुआर्डले एक गोल फर्काए ।
सेलह्रस्ट पार्कमा आइतबार राति भएको खेलको आठौं मिनेटमा भान डाइकको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनायो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए । ३२औं मिनेटमा चेम्वरलेनले रोबर्टसनकै पासमा गोल गर्दै लिभरपुलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५५औं मिनेटमा ओड्सोनी इडुआर्डले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८९औं मिनेटमा फाविन्होले पेनाल्टीमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।
जितसँगै लिभरपुलको २२ खेलबाट ४८ अंक पुगेको छ । एक खेल बढी खेलेको शीर्षस्थानको सिटीको ५७ अंक छ । लिभरपुल सिटीसँग ९ अंकले पछि छ । पराजित क्रिस्टल प्यालेस २२ खेलबाट २४ अंक जोडेर १३आं स्थानमा रहेको छ । यस्तै प्रिमियर लिगकै अर्काे खेलमा लेस्टर सिटी र ब्राइटनले १–१ गोलको बराबरी खेल्दा आर्सनल र बर्नलेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]