default_image

2 years ago

January 25, 2022

ब्राजिली युवा प्रतिभामा रियल र बार्सिलोनाको ‘ब्याटल’

एजेन्सी – मात्रै १५ वर्षको उमेरको बावजुत ब्राजिली युवा प्रतिभा एन्ड्रिक फिलिपे मोरेरा भविष्यमा विश्व स्तरीय फरवार्ड बन्ने सम्भावनाका रुपमा उभिएका छन् । उनको सोही प्रतिभाका कारण स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाले यि युवा प्रतिभालाई अनुबन्ध गर्न आफ्नो रडारमा राखिसकेका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले १८ वर्ष भन्दा कम उमेरका विदेशी […]

126 views

0 Bookmark

एजेन्सी – मात्रै १५ वर्षको उमेरको बावजुत ब्राजिली युवा प्रतिभा एन्ड्रिक फिलिपे मोरेरा भविष्यमा विश्व स्तरीय फरवार्ड बन्ने सम्भावनाका रुपमा उभिएका छन् । उनको सोही प्रतिभाका कारण स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाले यि युवा प्रतिभालाई अनुबन्ध गर्न आफ्नो रडारमा राखिसकेका छन् ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले १८ वर्ष भन्दा कम उमेरका विदेशी खेलाडीलाई व्यावसायिक अनुबन्धको लागि अनुमति नदिने भएकाले उनलाई उमेरकै कारण अनुबनध गर्न सक्दैनन् । यद्दपि ब्राजिलियन प्रोडिजीको लागि ब्लाउग्राना र लस ब्लान्कोस दुवै आफ्नो भविष्य सेट गर्न इच्छुक छन् । जसले यो सिजन पाल्मेइरसमा आफ्नो अद्भुत क्षमता प्रदर्शन गरिरहेका छन् ।

केही दिनअघि एन्ड्रिकले ओस्टेविरुद्ध पेनाल्टी बक्सको छेउबाट प्रहार गरेको ओभर हेड किक गोलको निकै चर्चा भएको थियो । त्यही गोलमा पाल्मेइरस कोपिन्हाको सेमिफाइनलमा पुग्न सफल भएको थियो । यो प्रतियोगिता जसले ब्राजिलका उत्कृष्ट युवा प्रतिभालाई बाहिर ल्याउने काम गर्दछ । विगतमा नेयमार, भिनिसियस जुनियर, रोड्रिगो र क्यासमिरो यही प्रतियोगिताबाट उदाएका स्टार हुन् ।

उनले साओ पाउलोविरुद्धको सेमिफाइनलमा गोल गर्न सकेनन् । तर उनले मंगलबार सान्तोषसँगको फाइनलमा अर्काे मौका पाउनेछन् । ५ फिट ८ इनच अग्ला १५ वर्षीय एन्ड्रिक बायाँ खुट्टा बढी चलाउने गर्दछन् । उनले पाल्मेइरससँग युवा टोलीबाट १५० भन्दा बढी खेलमा प्रति खेल १ गोल गरिरहेका छन् । उनलाई नाइकले पनि प्रायोजन सम्झौता गरिसकेको छ ।

रियल म्याड्रिड र दक्षिण अमेरिकी बजार

रियल म्याड्रिडले दक्षिण अमेरिकाबाट आफ्नै लियोनेल मेस्सी खोज्न धेरै प्रयास गरेको छ । रियलले युवा उमेरका भिनिसियस, रोड्रिगो र रेइनियरलाई अवतरण गर्नुअघि नेयमारको अनुबन्ध प्रयास विफल भएको थियो । अब एन्ड्रिक ब्राजिलको अर्काे ठुलो नामको रुपमा अघि आएका छन् । र रियल उनीसँग सम्झौता गर्न इच्छुक छ । जसले उनलाई १८ वर्षको नभएपछि क्लबमा सामेल गर्ने योजना छ । जुन भिनिसियसको जस्तै हुनेछ ।

सैद्धान्तिक रुपमा एन्ड्रिकले १६ वर्षको नभएसम्म व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्न सक्दैनन् र यो १८ वर्षको उमेरसम्म युरोपेली टोलीबाट खेल्न अनुमति छैन ।

फिफाले यो नियम परिवर्तन गर्नेबारे विचार गरिरहेको छ, किनभने उनीहरु विश्वास गर्छन कि युरोपेली क्लबहरुले फुटबलर र मानिसहरुको रुपमा युवा खेलाडीको प्रगतिको लागि राम्रो फुटबल वातावरण प्रदान गरिरहेका छन् । तर अहिले फिफाले केही कदम नचालिरहेको अवस्था रहेको छ । त्यसैले रियल र बार्सिलोनाले उनीहरुको पछिल्लो हेड टु हेड ट्रान्सफरमा एन्ड्रिकको लागि ठुलै ‘ब्याटल’ हुने अनुमान गरिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.