default_image

2 years ago

January 25, 2022

रियलविरुद्ध नेयमार खेल्नेमा शंका

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार चोटका कारण मैदान बाहिर छन् । उनी कहिले मैदान फर्कन्छन् भन्ने अझै टुंगो लागेको छैन । पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले नेयमार पूर्ण रुपमा ठिक भएर कहिले फर्केन्छन् भन्न नसकिने बताएका छन् । त्यसैले नेयमारले रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को खेल खेल्नेमा पनि […]

150 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार चोटका कारण मैदान बाहिर छन् । उनी कहिले मैदान फर्कन्छन् भन्ने अझै टुंगो लागेको छैन ।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले नेयमार पूर्ण रुपमा ठिक भएर कहिले फर्केन्छन् भन्न नसकिने बताएका छन् । त्यसैले नेयमारले रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को खेल खेल्नेमा पनि शंका रहेको छ ।

लिग वान टोली पिएसजीले फब्रुअरी १५ मा रियलको आतिथ्यता गर्नेछ । तर, टोलीले नेयमारविना नै खेल्नुपर्ने हुनसक्छ । सेन्ट इटिनीविरुद्ध नोभेम्बर २८ मा भएको खेलका दौरान नेयमारको गोलीगाँठामा चोट लागेको थियो ।

‘रियलविरुद्ध हुने खेलमा नेयमार हुन्छन् हुँदैन थाहा छैन’, पोचेटिनोले आइतबारको खेल जितेपछि भने, ‘चोट कति ठिक भयौं भन्ने हामी अर्को साता हेर्नेछौं । सबै ठिक भयो भने उनी हामीसँग हुनेछन् । आशा त छ तर अहिले पनि यसै भन्न सकिने अवस्था छैन ।’

लिलविरुद्ध फेब्रुअरी ६ मा हुने लिग वानको खेलमा ब्राजिलियन स्टार फर्कने अपेक्षा गरिएको छ । तर त्यसका लागि उनी प्रशिक्षणमा फर्कनुपर्ने भएपनि हालसम्म आएका छैनन् । उनको अनुपस्थितिम लिओनेल मेस्सी, किलीयन एम्बाप्पे, एन्जल डी मारिया लगायत खेलाडीले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.