default_image

2 years ago

January 26, 2022

म्यानचेस्टर युनाइटेडका मार्सियल सेभियामा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली एन्थोनी मार्सियाल स्पेनिस क्लब सेभियामा अनुबन्धित भएका छन् । सेभियाले यो सिजनको अन्त्यसम्मको लागि मार्सियाललाई लोनमा अनुबन्धित गरेको हो । युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको आगमनसँगै उनले विरलै मौका पाएका छन् । यो सिजन उनले युनाइटेडका लागि मात्रै ११ खेलमा मौका पाउँदा एक गोल गरेका छन् । सोही कारण उनले […]

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली एन्थोनी मार्सियाल स्पेनिस क्लब सेभियामा अनुबन्धित भएका छन् । सेभियाले यो सिजनको अन्त्यसम्मको लागि मार्सियाललाई लोनमा अनुबन्धित गरेको हो ।

युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको आगमनसँगै उनले विरलै मौका पाएका छन् । यो सिजन उनले युनाइटेडका लागि मात्रै ११ खेलमा मौका पाउँदा एक गोल गरेका छन् । सोही कारण उनले अन्यत्र जाने निर्णय गरेको हो ।

मार्सियल सन् २०२२ को विश्वकपमा फ्रान्सको टोलीमा पार्नको लागि आफुलाई उच्च प्रदर्शन गर्ने आशाका साथ सेभियाका सामेल भएका हुन् । सेन्टर ब्याक जुलियस काउन्डेको पनि सोही लक्ष्य रहेको छ । यद्दपि उनीहरु डिडियर डेसच्याम्पको टोलीमा नियमित रहेका छन् । जुलेन लोपेटेगुईले मार्सियाललाई लेफ्ट विंग वा एकमात्र फरवार्डको रुपमा प्रयोग गर्न सक्नेछन् ।

उनी यो विन्टरमा सेभियामा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । यसअघि सेभियाले जेसस कोरोनाालाई पोर्चुगिज क्लब पोर्टाेको आबद्द गरिसकेको छ । २६ वर्षीय मार्सियाल मंगलबार सेभिल पुगेका थिए । उनले आफ्नो सम्झौतामा हस्ताक्षर गर्नुअघि मेडिकल परिक्षण गराएका थिए ।

सेभियाले रामोन सान्चेज पिजुआनमा मार्सियाललाई कुनै शुल्क विनै ल्याएको हो । तर, सेभियाले उनको पारिश्रमिकको उनलाई प्रदान गर्नेछ ।
मर्सियाल बिहीबारदेखि टोलीको प्रशिक्षणमा सामेल हुनेछन् । जुन टोलीले केही दिनको विश्रामपछि प्रशिक्षणमा फर्कनेछ ।

मार्सियालले अफ्रिका कप अफ नेसन्समा रहेका मुनिर एल हद्दादी, बोनो र युसेफ एन न्यास्रीसँग तत्कालै भेट्ने छैनन् । लुकास ओकम्पास, पपु गोमेज, गोन्जालो मोन्टिएल, मार्काेस एकुना र जेसस कोरोना दक्षिण अमेरिकी विश्वकप छनोटमा भाग लिइरहेका छन् ।

फ्रान्सेली क्लब लियोनबाट युथसँगै व्यवसायिक खेल करियर सुरु गरेका मार्सियाल सन् २०१५ देखि युनाइटेडका रहेका छन् । उनले युनाइटेडबाट २६९ खेलमा ७९ गोल गरेका छन् । त्यसअघि उनले लियोनको दोस्रो टोली, लियोनको सिनियर टोली, मोनाकोको दोस्रो टोली र मोनाकोको सिनियर टोलीबाट खेलिसकेका छन् । उनी २०१५–१६ को सिजनमा मोनाकोबाट युनाइटेड आएका हुन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.