4 years ago
January 27, 2022
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमार चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । उनले बुधबारदेखि प्रशिक्षण थालेको क्लबले पुष्टि गरेको छ ।

नेयमार चोटका कारण झन्डै दुई महिना बाहिर रहेका थिए । गत २८ नोभेम्बरमा सेन्ट इटेन्नीविरुद्ध ३–१ को जित निकालेको खेलमा नेयमारले चोट बोक्न पुगेका थिए । त्यसयता उनी मैदान बाहिर रहँदा पिएसजीको १० खेल गुमाएका थिए ।
‘नेयमारले प्रशिक्षणमा सहभागिता जनाउँदै पुनः दौडन सुरु गरेका छन् ।’ बुधबार पिएसजीले भनेको छ, ‘यससँगै नेयमार चोटमुक्त भएका छन् । अब, चाँडै नै प्रतिस्पर्धामा उत्रने छन् ।’ केही दिनअघि मुख्य प्रशिक्षक मौरिसियो पोचेटिन्होले फरवार्ड नेयमार पूर्ण रूपमा निको भएको जनाएका थिए ।
अब, उनी रियल मड्रिडसँगको खेलबाट मेदान फर्किने सम्भावना छ । पिएसजीले च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्नेछ । रियलसँगको पहिलो लेगमै उनी मैदान फर्किनेमा पोचेटिन्हो विश्वस्त छन् । पिएसजी र रियलको पहिलो लेगको खेल १५ फेब्रुअरीमा पेरिसमा हुनेछ ।
अभ्यासमा फर्किएको नेयमार ब्राजिलको विश्वकप छनोट खेल्ने टोलीमा समावेश छैनन् । ब्राजिली प्रशिक्षक टिटेले नेयमारको स्थानमा फिलिपे कौटिन्होलाई टोलीमा समावेश गरेको छ । कौटिन्हो २०२० अक्टोवरपछि ब्राजिली टोलीमा पूनरागमन गरेका हुन् ।
ब्राजिलले शुक्रबार दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत इमवेडरसँग खेल्दै छ । छनोटमा शीर्षस्थानमा रहेको ब्राजिल कतारमा यसैवर्ष आयोजना हुने विश्वकपमा छनोट भइसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]