9 years ago
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल जितेको छ । शनिबार दुहवी भालुवामा भएको खेलमा आर्मीले चर्च ब्वाइज काठमाडौंलाई २–१ ले हरायो । जितसँगै आर्मी सेमिफाइनल पुगेको छ । मोरङ फुटबल क्लब र बिआरसी भुटानमध्ये एक टोलीसँग आर्मीले बुधबार सेमिफाइनल खेल्नेछ ।

चर्च ब्वाइजले नवौं मिनेटमा लिएको अग्रता जोगाउन सकेन । मार्टिनले चर्च ब्वाइजका लागि गोल गरेका थिए । पहिलो हाफमै दुई मिनेटमो फरकमा आर्मीले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । ३९ मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको गोल खेलको निर्णायक बनेको थियो । त्यसअघि रक्षक दीपक गुरुङले ३७ औं मिनेटमा आर्मीका लागि बराबरी गोल फर्काएका थिए ।
राष्ट्रिय टोलीका समेत गोलकिपर आर्मीका विकेश कुथु खेलेको म्यान अफ दी म्याच घोषित भएका थिए । प्रतियोगितामा आइतबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब आयोजकमध्येको एक एलेभन एरोज क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । भारतको शेरे क्लब कालिङपोङ र रमपम झापा ११ को पनि प्रतियोगितामा सहभागिता छ ।
क्लब स्थापनाको ५० बर्ष पुरा भएको उपलक्ष्यमा एलेभन एरोजले मनमोहन स्मृती प्रतिष्ठानको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । मंसिर १८ गते सम्म चल्ने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]