default_image

9 years ago

November 26, 2016

अगुइरोको २ गोलमा म्यानचेस्टर सिटीको जित

130 views

0 Bookmark

लन्डन (एजेन्सी)– सर्जियो अगुइरोको दुई गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार बर्नलीलाई २–१ ले हराएको छ । पेप ग्वार्डिओलाको टोली खेलमा पछि परेर पनि नतिजा उल्टाउन सफल भएको थियो ।

burnley-man-city

डियन मार्नेको गोलमा १४ औं मिनेटमा बर्नलीले अग्रता लिएको थियो । तर पहिलो हाफर्म अगुइरोले बराबरी गोल फर्काए । कर्नरमा आएको बलमा हुलमुलका बीचबाट उनले ३७ औं मिनेटमा पहिलो गोल गरेका थिए । खेलको एक घन्टामा अगुइरोले अर्को गोल गरे र त्यहि गोल खेलको निर्णायक बन्यो । फर्नाडिन्होको क्रसमा उनले दोस्रो गोल गरेका हुन् । जितसँगै ३० अंक पुर्याएको सिटी शीर्षस्थानमा उक्लेको छ । दोस्रो स्थानमा झरेको चेल्सीले आजै टोटेनह्यामसँग प्रतिपस्र्धा गर्दैछ । चेल्सीको २८ अंक र टोटेनह्यामको २४ अंक छ ।

burnley-man-city1

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.